कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्याकरण बुझौं

व्यक्ति, जाति, ठाउँ समूह आदि बुझाउने नामजस्तै हात्ती, खोला, जुलुस, राम अनि श्याम  ।

व्याकरण बुझौं

सर्वनाम भन्ने कुरा
नामको सट्टा आउँछ
जस्तैः म भन्ने शब्दले
प्रशान्त बुझाउँछ ।

रातो, पिरोजस्ता शब्द
विशेषणमा पर्छन्
यी शब्दले नाम–सर्वनामका
विशेषता बुझाउँछन् ।

काम बुझाउने, वाक्य टुंग्याउने
काम क्रियापदले गर्छ
जस्तैः पढ्छ, खान्छ, सुत्छ
अनि पँधेरोमा जान्छ ।

वाक्य वा शब्द जोड्ने
संयोजकको काम ठूलो छ
अनि पनि संयोजक हो
नबिर्सनू ल ।

नाम–सर्वनाम सँगै जोडिने नामयोगी,
क्रियाको व्याख्या गर्ने क्रियायोगी हुन्छन्
अर्थ नहुने निपातले त
वाक्य मीठा पार्छन् ।

आश्चर्य, खुसी, दुःख,
घृणा बुझाउने विस्मयादि
आज यति मात्र बुझौं,
अरू भने भरेभोलि ।

प्रशान्त पन्थी
कक्षा–८, सगरमाथा एजुकेसनल एकेडेमी

प्रकाशित : भाद्र २२, २०७६ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?