कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गेडागुडी अंकुरणमा सही तरिका

कान्तिपुर संवाददाता

गेडागुडीमा सानो जरा निस्किेर टुसाउने प्रक्रिया अंकुरण हो  । अंकुरण प्रक्रियाद्वारा गेडागुडीको पौष्टिकता बढाउन सकिन्छ  ।

गेडागुडी अंकुरणमा सही तरिका

कम खर्चमा बढी पोषण प्राप्त गर्ने सरल उपाय अंकुरण हो । अंकुरण प्रक्रियाले गेडागुडीलाई जीवित बोटका रूपमा रूपान्तरण गर्छ । यसले गर्दा हाम्रो शरीरलाई उपयोगका लागि बढी पोषकतत्त्व प्राप्त हुन्छ । अंकुरण प्रक्रियाका लागि गेडागुडीलाई राम्ररी केलाएर, सफा पानीमा धोइपखाली शुद्घ खानेपानीमा हालेर टुसाउन दिनुपर्छ । अंकुरण गर्नुपर्ने गेडागुडीलाई खानयोग्य पानीमा ९–१० घण्टा भिजाएपछि त्यसलाई एउटा सफा गिलो सुती कपडामा बाँधेर झुन्डाइदिनुपर्छ । कपडामा बाँधेर राखेको गेडागुडीलाई बीचबीचमा खानेपानी छर्किंदै गर्नुपर्छ । यसले गेडागुडी राम्ररी टुसाउँछ ।


तर यस्तो खाले अंकुरण बढीमा ४ दिनभित्रको हुनुपर्छ । लामो समयसम्मको अंकुरणले पौष्टिकता नष्ट गर्नुका साथै कीटाणु उत्पन्न हुने जोखिम रहन्छ । अंकुरणमा ब्याक्टेरिया सजिलै वृद्घि हुन्छ । यसैले टुसाएको गेडागुडीलाई झोल बनाएर वा हलुका बाफमा पकाएर खानु बढी स्वस्थकर हुन्छ । टुसाएका गेडागुडीमा भिटामिन, मिनरल्सको मात्रामा धेरै वृद्घि हुन्छ । विभिन्न तथ्यपत्रअनुसार टुसाएको गेडागुडीमा भिटामिन बी ६ को मात्रा दोब्बर हुन्छ भने भिटामिन सी १० गुणासम्म बढ्छ । अंकुरण प्रक्रियाले गर्दा गेडागुडीमा भएको आइरन सरल यौगिकमा परिवर्तन हुन्छ । यसमा भएको ग्लुकोज, सुक्रोज र फ्रुक्टोजमा परिवर्तित हुन्छ । पछि माल्टोजसमेत बढी मात्रामा बन्छ, जसले छिटो पाचनमा सघाउँछ । भिजाएर अंकुरित गेडागुडी हो– क्वाँटी । क्वाँटी नेपालभाषा (नेवारी) बाट परिभाषित शब्द हो । ‘क्वाँ’ भनेको तातो र ‘ती’ भनेको झोल अर्थात् ‘तातो झोल’ ।

प्रकाशित : श्रावण २६, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?