कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलिला पौडीबाज

कान्तिपुर संवाददाता

पोखरा हेम्जास्थित पेन्गुइन स्विमिङ पुलमा विद्यार्थीको भीड थियो  । १५ विद्यालयका ८० छात्रछात्रा पौडीका १३ वटा इभेन्टमा प्रतिस्पर्धा गर्दै थिए  ।

कलिला पौडीबाज

कास्की पौडी संघले गरेको प्रतियोगितामा १३–१४ वर्ष उमेर समूहमा छात्र ५० मिटर फ्रि–स्टाइलमा विदित पौडेल प्रथम, प्रियाश गुरुङ द्वितीय र सार्थक कुँवर तृतीय बने । १५–१७ वर्ष उमेर समूह ५० मिटर फ्रि–स्टाइलमा सलिप श्रेष्ठ प्रथम, सुधात बज्राचार्य द्वितीय र अरविन्द आचार्य तृतीय भए । सोही उमेर समूहको छात्रा ब्रेस्ट स्ट्रोकतर्फ निक्की छन्त्याल प्रथम, वीरंगाना खत्र द्वितीय र सविना कार्की तृतीय बनिन् ।


यसैगरी, १५–१७ वर्ष उमेर समूहको २५ मिटर फ्रि–स्टाइल छात्रतर्फ निश्चल श्रेष्ठ प्रथम, सुधात बज्राचार्य द्वितीय र सलिप श्रेष्ठ तृतीय भए । सोही उमेर समूह छात्रा ५० मिटरतर्फ वीरंगाना खत्री प्रथम, निक्की छन्त्याल द्वितीय र श्रेया लिम्बू तृतीय बने । प्रतियोगितामा १५–१७ वर्ष उमेर समूहको ५० मिटर छात्रतर्फ सलिप श्रेष्ठ प्रथम, सुधात बज्राचार्य द्वितीय र भूपेन्द्र थापा तृतीय बने । १३–१४ उमेर समूहको छात्रतर्फ विदित पौडेल प्रथम, प्रियाश गुरुङ द्वितीय र राजन पौडेल तृतीय भए ।
११–१२ वर्ष उमेर समूहको छात्र २५ मिटर फ्रि– स्टाइलमा अभय अधिकारी प्रथम, उज्वल श्रेष्ठ द्वितीय र सुबोध पौडेल तृतीय बने । १५–१७ वर्ष उमेर समूहको ५० मिटर छात्रातर्फ वीरंगाना खत्री प्रथम, प्रनिशा क्षेत्री द्वितीय र रोमिका बुद्धाचार्य तृतीय भए । १० वर्षमुनि २५ मिटर फ्रि–स्टाइल छात्रातर्फ विदुषी पौडेल प्रथम, मेलिना गुरुङ द्वितीय र किन्जल कुँवर तृतीय भए । ११–१२ वर्ष उमेर समूहतर्फ निक्की छन्त्याल प्रथम, श्रेया लिम्बू द्वितीय र स्मारिका गिरी तृतीय बने ।


विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल पौडी संघका केन्द्रीय सदस्य विप्लव पौडेल, कास्की पौडी संघका अध्यक्ष वैभव पौडेल, एन्फा कास्कीका पूर्वअध्यक्ष गोपी भट्टराई, कास्की जिल्ला खेलकुदका कोषाध्यक्ष दीपकबहादुर गोदार, कार्यालय प्रमुख प्रकाश बरालले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कास्की पौडी संघ अध्यक्ष पौडेलले बताए । िराजाराम पौडेल

प्रकाशित : श्रावण १९, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?