कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेसबुकको तस्बिर सीधै फोटोजमा

हेलो टेक

गुगल फोटोज स्मार्टफोन प्रयोगकर्ताको अत्यावश्यक एप हो भन्दा पनि हुन्छ  । यसले असीमित फोटो क्लाउडमा राख्ने सुविधा दिन्छ जसका कारण प्रयोगकर्ताले अनगिन्ती फोटो तथा भिडियोहरू आफ्नो स्मार्टफोनमा राख्ने सुविधा पाउँछन्  ।

फेसबुकको तस्बिर सीधै फोटोजमा

कम स्टोरेजको स्मार्टफोन भएका प्रयोगकर्ताका लागि झन् नभई नहुने एप हो । योबाहेक, आफूले खिचेका फोटाहरू वर्षौंसम्म गुगल फोटोजमा राख्न पनि यो उपयोगी एप हो । झन् प्रयोगकर्ताले एपबाट मात्रै नभएर इन्टरनेटको सुविधा भए जहाँसुकैबाट यसको प्रयोग गर्न सक्छन् ।
यसै साता फेसबुकले नयाँ घोषणा गरेको छ जसका कारण गुगल फोटोजका प्रयोगकर्ताहरू धेरै खुसी हुनुपर्छ । फेसबुकमा अपलोड भएका फोटो र भिडियो प्रयोगकर्ताले सीधै आफ्नो गुगल फोटोजमा राख्ने सुविधा कम्पनीले यसै साता घोषणा गरेको छ । यो हाल आयरल्यान्डका प्रयोगकर्तामाझ मात्रै सीमित छ । आगामी वर्षदेखि सबै प्रयोगकर्ताले यसको सुविधा पाउनेछन् ।

प्रकाशित : मंसिर २०, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?