प्लेस्टोरबाट हट्यो घोस्टी

हेलो टेक
कान्तिपुर संवाददाता

इन्स्टाग्रामको प्राइभेट गरिएको एकाउन्टसमेत हेर्न मिल्ने एम ‘घोस्टी’ प्लेस्टोरबाट हटेको छ  । इन्स्टाग्रामले घोस्टी एपविरुद्ध अदालत जाने चेतावनी दिएपछि यसका डेभलपर आफैंले प्लेस्टोरबाट एप हटाएका हुन्  ।

यो एपले इन्स्टाग्राममा आफूले फलो गरेकाहरूलाई मात्रै हेर्न मिल्ने गरी बनाइएको प्राइभेट एकाउन्टमा सबैलाई पहुँच दिन्थ्यो । प्रयोगकर्ताले पैसा तिरेर मात्र प्रयोग गर्न मिल्ने यो एप करिब एक वर्षमा ५ लाख बढी डाउनलोड भएको थियो । गत वर्ष अप्रिलमा यो एप प्लेस्टोरमा राखिएको थियो ।

प्रकाशित : मंसिर ६, २०७६ १०:४९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्मार्टफोनमै एटके भिडियो

हेलो टेक
कान्तिपुर संवाददाता

सामसङले आफ्नो आगामी फ्ल्यागसिप फोन ग्यालेक्सी इलेभेनको क्यामेरामा व्यापक सुधार गर्ने भएको छ  । उक्त स्मार्टफोनले एटके गुणस्तरको भिडियो रेकर्ड गर्न सक्ने खबर आएको बाहिरिएको छ  ।

सामसङ क्यामेराको एपीके फाइलमा रहेको नयाँ कोडमा अब आउने स्मार्टफोनमा भिडियो खिच्ने गुणस्तरबारेको तथ्य भेटिएको हो ।
ग्यालेक्सी इलेभेनमा एक्सीनस ९९० चिपसेट प्रयोग हुने अनुमान छ । साथै, कुनै निश्चित देशमा बिक्री हुने डिभाइसमा भने क्वालकमले हालै ल्याएको स्न्यापड्रयागन ८६५ चिपसेट प्रयोग हुनसक्ने मानिएको छ । उक्त स्मार्टफोनमा १ सय ८ मेगापिक्सेलको क्यामेरा प्रयोग हुने चर्चा छ । सामसङले ग्यालेक्सी इलेभेनलाई तीन वटा स्क्रिन साइजमा उपलब्ध गराउने बताइएको छ । उक्त फोन ६.२, ६.४ र ६.७ ईन्चको स्क्रिनमा आउन सक्छ ।

प्रकाशित : मंसिर ६, २०७६ १०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×