कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोर्टाना एप नरहने

हेलो टेक

माइक्रोसफ्टले आफ्नो भ्वाइस असिस्टेन्ट कोर्टाना एपलाई एन्ड्रोइड र आईओएस प्ले–स्टोरमा सपोर्ट नदिने भएको छ  । सुरुमा क्यानडा, बेलायत र अस्ट्रेलियामा यसको सपोर्ट बन्द गरिने र सन् २०२० देखि सबैजसो देशका प्रयोगकर्तालाई सपोर्ट बन्द गरिने माइक्रोसफ्टले जनाएको छ  ।

कोर्टाना एप नरहने

माइक्रोसफ्टले कोर्टानालाई आफ्नो लोकप्रिय प्रोडक्ट माइक्रोसफ्ट ३६५ अन्तर्गत राख्ने योजना बनाएको छ । माइक्रोसफ्टको प्रोडक्ट प्रयोग गरिरहेका प्रयोगकर्तालाई भ्वाइस असिस्सटेन्ट सेवा उपलब्ध गराउनमात्रै केन्द्रित हुनेछ । भ्वाइस असिस्टेन्टमा गुगल र एप्पलले धेरै फड्को मारेकाले प्रयोगकर्ताले कोर्टानालाई स्मार्टफोनमा रुचाएका छैनन् । एन्ड्रोइड प्रयोगकर्ताले गुगलको भ्वाइस असिस्टेन्ट र आइफोन प्रयोगकर्ताले सिरीको प्रयोग गर्दै आएका छन् । माइक्रोसफ्टले कोर्टाना २०१५ को डिसेम्बरमा सुरु गरेको थियो । यसको उद्देश्य स्मार्टफोन र विन्डोज कम्प्युटरलाई जोड्ने रहे पनि प्रयोगकर्ताको नजर यसले तान्न सकेन ।

प्रकाशित : मंसिर ६, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?