लाइक संख्या हटाउने

कान्तिपुर संवाददाता

फेसबुकले सार्वजनिक पोस्टमा देखिने लाइक संख्या हटाउने तयारी गरेको छ  । केही अनुसन्धानकर्ताले फेसबुक एपको कोडमा लाइक हटाउने तथ्यहरू भेटेपछि यो सार्वजनिक भएको हो  ।

यसको पुष्टि गर्दै फेसबुकले लाइक संख्या देखिने फिचर हटाउने सोच बनाएको जनाएको छ ।


फेसबुकले लाइक संख्या देखिने फिचर हटायो भने पोस्टहरूमा रिक्याक्सनहरूको संकेत मात्रै देखिने छ । लाइक संख्या देखाउँदा यसको नम्बरका आधारमा मानिसहरूबीच धारणा परिवर्तनको समस्या देखिएको भन्दै इन्स्टाग्रामले पनि यस्तै फिचर परीक्षण गरिरहेको छ । इन्स्टाग्रामले केही प्रयोगकर्तामाझ गरेको लाइक संख्या हटाउने परीक्षण हाल बढाउँदै प्रयोगकर्तामाझ फैलाएको छ ।

प्रकाशित : भाद्र २०, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्

आइफोनमा पेन्सिल !

कान्तिपुर संवाददाता

एप्पलले यो वर्ष सार्वजनिक गर्ने आइफोनको नाम ‘आइफोन इलेभेन’ हुने अनुमान छ  ।

आइफोनको इलेभेन सिरिजमा कतिवटा संस्करण सार्वजनिक हुन्छ, त्यो त केही पछि थाहा होला तर हालसम्म सार्वजनिक तथ्यअनुसार अबको आइफोनमा छुट्टै पेन्सिल पनि उपलब्ध हुन सक्छ ।


आगामी आइफोनको डिजाइन भन्दै सार्वजनिक गरिएका केही तस्बिरमा भने आइफोनमा छुट्टै पेन राख्नका लागि होल्डरजस्तो देखिन्छ । आगामी आइफोनमा सामसङको नोटमा एसपेन आएजस्तै कुनै पेन्सिल आउन सक्ने अपेक्षा छ । यसबाहेक आगामी आइफोनमा क्यामेरा र फेस आईडीमा पनि केही परिवर्तन हुने अपेक्षा गरिएको छ । आइफोनमा यस पटक वाइड एंगल क्यामेरामा सुधार हुन सक्छ । अहिले एप्पल पेन्सिलले आइप्याड मात्रै सपोर्ट गर्छ ।

प्रकाशित : भाद्र २०, २०७६ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्