कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइफोनमा पेन्सिल !

एप्पलले यो वर्ष सार्वजनिक गर्ने आइफोनको नाम ‘आइफोन इलेभेन’ हुने अनुमान छ  ।

आइफोनमा पेन्सिल !

आइफोनको इलेभेन सिरिजमा कतिवटा संस्करण सार्वजनिक हुन्छ, त्यो त केही पछि थाहा होला तर हालसम्म सार्वजनिक तथ्यअनुसार अबको आइफोनमा छुट्टै पेन्सिल पनि उपलब्ध हुन सक्छ ।


आगामी आइफोनको डिजाइन भन्दै सार्वजनिक गरिएका केही तस्बिरमा भने आइफोनमा छुट्टै पेन राख्नका लागि होल्डरजस्तो देखिन्छ । आगामी आइफोनमा सामसङको नोटमा एसपेन आएजस्तै कुनै पेन्सिल आउन सक्ने अपेक्षा छ । यसबाहेक आगामी आइफोनमा क्यामेरा र फेस आईडीमा पनि केही परिवर्तन हुने अपेक्षा गरिएको छ । आइफोनमा यस पटक वाइड एंगल क्यामेरामा सुधार हुन सक्छ । अहिले एप्पल पेन्सिलले आइप्याड मात्रै सपोर्ट गर्छ ।

प्रकाशित : भाद्र २०, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?