कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पासवर्डबिनै गुगलका सेवा

कान्तिपुर संवाददाता

गुगलले आफ्ना केही सेवा बिनापासवर्ड खोल्न मिल्ने नयाँ फिचर सार्वजनिक गर्ने भएको छ  । उसले केही प्रयोगकर्ताका लागि मात्रै उपलब्ध गराएको यो फिचर भविष्यमा सबैका लागि खोल्नेछ  ।

पासवर्डबिनै गुगलका सेवा

यो फिचर एन्ड्रोइड सेभेन वा सोभन्दा माथिका अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।
यसले गुगलका केही सेवाहरूमा बारम्बार पासवर्ड हाल्नुपर्ने बाध्यताबाट प्रयोगकर्तालाई मुक्ति दिनेछ । पासवर्डको सट्टा प्रयोगकर्ताले फिंगरप्रिन्ट सेन्सरबाट लग इन गर्न सक्नेछन् । क्रोम ब्राउजरभित्र प्रयोग हुने गुगलका लगभग सबै सेवाहरू यसरी लग इन गर्न मिल्नेछ । भविष्यमा गुगलका सबै सेवामा यस्तो फिचर प्रयोग गरिने गुगलले जनाएको छ । यसले प्रयोगकर्तालाई हरेक पटक पासवर्ड हाल्न बाध्य पार्ने छैन ।

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?