छालमा उछाल
पानीको तीव्र बहावका कारण नेपालका नदीहरू साहसिक यात्राका लागि विश्वमै आकर्षक गन्तव्य मानिन्छन् । नेपालका नदीहरूमा सन् १९८० को दशकबाट व्यावसायिक र्याफ्टिङ सुरु भएको थियो ।
नदीहरूमा बनाइएका बाँधले साहसिक जलयात्रालाई कठिन बनाउँदै लगेको छ । सुरुमा खुबै चलेको माथिल्लो भोटेकोसीमा बाँधकै कारण र्याफ्टिङ असम्भव भइसकेको छ ।
हरेक वर्ष मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बरसम्म यहाँका नदीहरूमा र्याफ्टिङ गर्न हजारौं पर्यटक आउने गर्छन् । अन्य समयमा भने र्याफ्टिङ गर्नेहरू कमै भेटिन्छन् । जलयात्रा गर्ने स्वदेशीको संख्या पनि बढिरहेको छ । यहाँ एक–दुई दिनमै पूरा गर्न सकिने चल्तीका र्याफ्टिङ रुट धेरै छन्, जहाँ गर्मी सुरु भएसँगै भीडभाड बढ्ने गरेको छ । साहसिक बनाउने बहानामा हप्तौंसम्म र्याफ्ट हाँक्नेहरू पनि बढिरहेका छन् । जलयात्रा गराउने रिभरगाइडमा पनि नेपालीकै माग विश्वमै उच्च रहेको छ । खेलका रूपमा भने औपचारिक रूपमा बल्ल नेपाली टिम दोस्रोपल्ट विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको छ ।
चल्तीका र्याफ्टिङ रुट
तमोर
मूलघाट–चतरा
१ दिन
दोभान–चतरा
६ दिन
तल्लो अरुण
नुम पुल–चतरा
४ दिन
तल्लो दूधकोसी
नाम्चे बजार–चतरा
५ दिन
सुनकोसी
दोलालघाट–चतरा
८ दिन
तल्लो भोटेकोसी
खाडीचौर–सुकुटे बिच
१ दिन
त्रिशूली
बेनीघाट–चरौंदी
चरौंदी–कुरिनघाट
१–२ दिन
माथिल्लो सेती
मार्दी दोभान–याम्दी
१ दिन
तल्लो सेती
दमौली–गाईघाट
२ दिन
कर्णाली
तल्लो ढुंगेश्वर–चिसापानी
८ दिन
भेरी
सम्झीघाट–चिसापानी
३ दिन
कालीगण्डकी
मालढुंगा–भिर्मी
३ दिन
माथिल्लो मर्स्याङ्दी
खुदी खेला–बेनी बाँध
१ दिन
तल्लो मर्स्याङ्दी
पाउँदी–विमलनगर
१ दिन
बूढीगण्डकी
आरुखेत–बेनीघाट
२ दिन
सेती कर्णाली
गोपघाट–चिसापानी
५ दिन