कीर्तिमानकी पर्याय

पौडीमा सनसनीपूर्ण प्रदर्शन गरिरहेकी गौरिका सिंहले बुधबार सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि सर्वाधिक स्वर्ण पदक जितिन् । ११ वर्षको छँदा पहिलोपटक प्रतियोगितामा सहभागी भएकी उनले त्यस बेलै तहल्का मच्चाएकी थिइन् । उनको स्वीमिङ करिअर :
कान्तिपुर संवाददाता

 साउन २०७१आठ राष्ट्रिय कीर्तिमान  । आठ स्वर्ण र एक रजत पदक  ।

१९ औं राष्ट्रिय खुला पौडी
अन्तर्राष्ट्रिय पौडी परिसर, सातदोबाटो

वैशाख २०७२
६ स्पर्धामा सहभागी ।
सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक।
२० औं राष्ट्रिय खुला पौडी
अन्तर्राष्ट्रिय पौडी परिसर, सातदोबाटो

साउन २०७२
२ स्पर्धामा सहभागी ।
दुवैमा राष्ट्रिय कीर्तिमान।
१६ औं फिना वर्ल्ड अक्वाटिक्स च्याम्पियनसिप
कजान, रुस

कात्तिक २०७२
२ स्पर्धामा सहभागी ।
दुवैमा राष्ट्रिय कीर्तिमान।
फिना स्वीमिङ वर्ल्डकप
दुबई, यूएई

फागुन २०७२
एक रजत र ३ कांस्य पदक ।
दक्षिण एसियाली खेलकुदको पौडीमा व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली ।
व्यक्तिगत स्पर्धामा सातसहित १० राष्ट्रिय कीर्तिमान।
१२ औं दक्षिण एसियाली खेलकुद
गुवाहाटी, भारत

चैत २०७२
२ स्पर्धामा सहभागी ।
दुवैमा राष्ट्रिय कीर्तिमान।
आइरिस ओपन स्वीमिङ च्याम्पियनसिप
डब्लिन, आयरल्यान्ड


साउन–भाद्र २०७३
१ सय मिटर ब्याकस्ट्रोकमा सहभागी ।
रियो ओलम्पिकका ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी (१३ वर्ष २ सय ५५ दिन)
३१ औं ग्रीष्मकालीन ओलम्पिक
रियो डि जेनेरियो, ब्राजिल

भदौ २०७४
५ स्पर्धामा सहभागी ।
सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक।
२० औं राष्ट्रिय पौडी प्रतियोगिता
अन्तर्राष्ट्रिय पौडी परिसर, सातदोबाटो

जेठ २०७५
सहभागी आठै स्पर्धामा स्वर्ण पदक ।
१५ राष्ट्रिय कीर्तिमान (सर्ट कोर्स)।
१८ औं एसियाली खेलकुदको छनोट
लिंकन स्कुल, ललितपुर

साउन–भाद्र २०७५
५०, १ सय र २ सय मिटर फ्रिस्टाइलमा सहभागी।
१८ औं एसियाली खेलकुद
जकार्ता, इन्डोनेसिया

वैशाख २०७६
सहभागी १२ स्पर्धामै स्वर्ण पदक ।
नौ राष्ट्रिय कीर्तिमान र एक बराबरी।
आठौं राष्ट्रिय खेलकुद
नेफालगन्ज

प्रकाशित : वैशाख १३, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

सेतीका माछा

बझाङको चैनपुर पुग्नेहरूका लागि परिकारका रूपमा सेतीका माछा विशेष मानिन्छ । त्यहाँ खानेमात्रै होइन, कोसेलीका रूपमा माछाको सुकुटी बोक्नेहरू पनि धेरै छन् । यसबारे विद्या राई र वसन्तप्रताप सिंह लेख्छन् :
कान्तिपुर संवाददाता

चिटिक्क परेको चैनपुर  । चारैतिर पहाडै पहाडले घेरिएको  ।

सेती नदी र बाहुलीगाड खोलाको काख पाएको । बाह्रैमास कञ्चन अनि कलकल बगिरहने सेती नदीमा पाइने थरीथरीका माछा । स्थानीय मसला र रैथाने पकाउने शैली । माछाका अनेक परिकार । माछाको स्वादसँगै चैनपुर उपत्यकाको दृश्यपानमा रमाउनुको बेग्लै मजा ।


बझाङमा कामविशेष तथा घुमघामका सिलसिलामा आउने प्रायः ले सेतीका माछा नखाई फर्कंदैनन् । स्थानीय भनाइ नै छ, ‘सेतीका माछा नचाखी बझाङको स्वाद बुझिँदैन ।’ यहाँका माछाको विशेष प्रकारको स्वाद स्थानीयका लागि आगन्तुक लोभ्याउने माध्यम बनेको छ । रैथाने स्वाद भएकाले पनि बझाङीहरू नयाँ पाहुनालाई चखाएरै पठाउँछन् । एकपटक स्वाद लिइसकेकाहरू फेरि आउँदा परिकारमा माछा नै खोज्छन् । ‘छाकैपिच्छे मासु खानेहरू चैनपुर आएपछि सेतीका माछा नपाए अरू मासु खोज्दैनन्, बरु सब्जीमै चित्त बुझाउँछन्,’ माछाका लागि प्रख्यात तमैल बजारका साहुजी बालु गिरी भन्छन्, ‘बाहिरबाट आएकाहरूले सबभन्दा बढी खोज्ने माछाकै परिकार हुन् ।’


सेतीका माछा भनेपछि जोकोहीका मुख रसाउँछन् । चिसो पानीमा पाइने माछाका स्वाद र बनावट छुट्टै । देशैभर प्रख्यात छन् सेतीका माछा । यहाँ असला, चिँउ, गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (सहर) राडी, च्याउँटे, थाले, चिम्टीलगायत जातका माछा पाइन्छन् । असला र चिँउ जातका माछा अधिक मन पराइन्छन् । सट्टो (सहर) जातको माछा पनि ग्राहकका रोजाइमा पर्छ । यो जातको माछा तौलका हिसाबमा ठूलो मानिन्छ । सट्टो माछा खाँदा गर्मी र लामखुट्टेको टोकाइबाट हुने रोगहरू मलेरिया, औलो निको हुने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिन्छ ।


माछा पकाउने आफ्नै शैली छ यहाँ । पकाइएको माछा जिब्रोमा पर्दा सबैले आहा भन्छन् । फ्राई गरेर, तारेर, झोल हालेर माछा पकाइन्छ । तोरीको छोप र दही हालेर पकाएको झोल माछा सबैभन्दा स्वादिष्ट हुने गर्छ । स्वाद मात्रै होइन, यसबाट आउने बास्ना पनि लोभलाग्दो हुन्छ । आलो माछाभन्दा सुकुटी माछाको स्वाद र बास्ना तिख्खर हुन्छ । यसको ‘सुप’ स्वादिलो हुन्छ । जाडोका बेला सेतीका माछाको सुकुटीको झोलले चिसो भगाउन काम गर्छ । सदरमुकामसँग जोड्ने जयपृथ्वी मार्गको चैनपुरदेखि बागथलासम्मका सडक छेउका बजारमा माछाका परिकारको राम्रो व्यापार चल्छ । भूस्वर्गका नामले परिचित खप्तडको गेटवे तमैल बजारमा अरूभन्दा बढी माछाको खोजी हुन्छ । यहाँ सेतीबाट ल्याएका माछा हप्तौंसम्म जिउँदै राखेर बेच्ने पनि गरिएको छ । खप्तड जाँदै गरेका र फर्कंदै गरेकाहरू तमैल बजारमा माछा र रोटीको परिकार खान छुटाउँदैनन् ।


आगन्तुकहरू घर फर्कंदा सुकुटीको रुपमा माछा कोसेली लिएर फर्कन्छन् । सहरबजार तथा विदेश पठाउने गतिलो कोसेली पनि हो यो । आलो माछालाई हप्तौंसम्म आगोमा सेकाएर सुकुटी बनाइन्छ । आलो माछाको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँदेखि ३ सय ५० सम्म छ । पकाएको माछा प्लेटको दुई सय रुपैयाँ पर्छ । सुकुटी माछा प्रतिकिलो २ हजार ५ सयदेखि ३ हजारसम्म पर्छ । जिल्लाबाहिर लैजानेले माछालाई महँगो मूल्य तिर्न तयार हुन्छन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याई हुन्छ ।


पछिल्लो समय सेतीमा माछा कम हुँदै गएपछि माग धान्न भने हम्मे परेको छ । अव्यवस्थित रुपमा भइरहेका विकास निर्माण र मानवीय गतिविधिका कारण सेतीका माछा संकटमा परिरहेका छन् । करेन्ट लाएर, जैविक विष प्रयोग गरेर तथा साना आँखा भएका जालको प्रयोग बढ्दै गएका कारण माछाको संख्या घट्न थालेको स्थानीयको अनुभव छ । मछुवार (माछा मारेर आम्दानी गरिरहेका व्यक्ति) हरूकै अनुभवमा केही वर्ष पहिलासम्म प्रशस्त मात्रामा पाइने र स्वादका हिसाबले प्रख्यात असला र चिँउ माछाको संख्या अचेल घट्दै छन् । गिठी, पाँपो, कठ्याल, धामी, झिरझिर पाँपो, बाघे, सट्टो (सहर) राडी, च्याउँटे, थाले, चिम्टीलगायत जातका माछाहरू पनि कमै पाउन थालेका छन् । पाँचदेखि ६५ किलोसम्मको सट्टो माछा पाइन छाडेको छ । माछा कम पाउन थालेपछि मानिसहरू बगरमै हारालुछ गर्छन् ।


माछाको संख्या घट्न थालेपछि सेती किनारमा बसोबास गर्ने र माछा मारेरै जीविका गर्नेलाई समस्या हुन थालेको छ । मछुवार करन कामी भन्छन्, ‘पहिला माछा फालाफाल हुन्थे । किन्ने मान्छे हुन्थेनन्, अहिले किन्नेको हारालुछ छ तर पहिले जस्तो माछा पाइँदैनन् । नदी तथा खोलाहरूमा सिसा लगायतका फोहोर मिसाउने काम बढी भएका कारण पनि माछाको बासस्थान मासिँदै गएको र संख्या घटेको उनको अनुमान छ ।

प्रकाशित : वैशाख १३, २०७६ १२:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्