कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टोयोटा रस’ को मुस्ताङ यात्रा

७ महिनाअघि नेपालमा सार्वजनिक गरिएको ‘टोयोटा रस’ कम्प्याक्ट एसयूभी कार हो । एसयूभी टु ह्विलर कार परीक्षणका लागि मुस्ताङसम्मको यात्रा तय गरेको हो । टोयोटा रसको परीक्षण यात्रा:
राजु चौधरी

काठमाडौँ — अफ रोड बाटो  । त्यसमा पनि मुस्ताङ भन्ने बित्तिकै मस्तिस्कमा ‘फोर ह्विल’ जिपको झल्को आउँछ  ।

‘टोयोटा रस’ को मुस्ताङ यात्रा

‘फोर ह्विलर’ बलिया । उच्च ‘ग्राउन्ड क्लियरेन्स’ । यी जिपहरू प्रायः अफ रोडकै लागि बनाइन्छ । बेनी, लेते, मार्फा हुँदै लेतेसम्मको बाटो नेपालको प्रमुख अफ रोडकै सूचीमा पर्छ । टु ह्विल गाडीमा अघिल्लो चक्काको सहायताले पछिल्लो चक्का गुड्छ । जसले गर्दा अफ रोडमा ‘टु ह्विल ड्राइभ’ भएका सवारी चल्न सक्दैन भन्ने मान्यता छ ।

एसयूभी कारको त कल्पना नै गर्दैनौं । ‘एसयूभी रस’ ले ‘फोर ह्विलर’ को मान्यतालाई बदलिदिएको छ । टोयोटा रस अफ रोडमा पनि सहजै गुड्न सक्ने प्रमाणित गरेको छ । झन्डै ७ महिनाअघि नेपालमा सार्वजनिक गरिएको ‘रोयोटा रस’ कम्प्याक्ट एसयूभी कार हो । कम्पनीले एसयूभी टु ह्विलर उक्त कार परीक्षणका लागि मुस्ताङसम्मको यात्रा तय गरेको थियो । ‘रस’ को एडभेन्चरस टेस्ट ड्राइभ । ‘रस टु मुस्ताङ’ नाम दिइएको एडभेन्चरस यात्रा फागुन २१ देखि एक साताको थियो । पहिलो रात पोखराको बसाइ थियो ।


पश्चात् सूर्यको किरणसँगै टोयोटा रसको एडभेन्चरस टेस्ट ड्राइभ भएको थियो । याक्राका त्रममा बाटोमा भेटिने मानिसहरूले रस जान सक्ने/नसक्ने बताइरहँदा मन निराश हुन्थ्यो । तर, बेनीदेखि मुक्तिनाथसम्मको अफ रोड यात्रा सहजै पार गरेको छ । ‘कच्ची बाटो र हिउँमा चिप्लिन्छ कि भन्ने डर थियो,’ याक्राकै त्रममा रहेका चालकद्वय सुरेश तामाङले भने, ‘कार ठीक छ । एसयूभी अफ रोड बाटोमा पनि सजिलै चल्न सक्ने रहेछ ।’


कारमा भएका सुविधाहरू उच्चतम भए पनि कारको मूल्य भने केही महँगो भएको टिप्पणी गरे । ‘एसयूभी कारमा सुविधा हुन्छ नै । रसमा चलाउँदा कच्ची बाटोमा पनि आरामदायी नै छ,’ उनले भने, ‘तर, मूल्यमा केही महँगो हो कि ? मूल्यबाहेक अन्य सुविधा धेरै राम्रो ।’ अफ रोडको बाटोसँगै हिउँका कारण यात्रा थप कठिन थियो । तर, रसको एडभेन्चरस टेस्ट ड्राइभ सहजै सफल भएको कम्पनीको दाबी छ ।


कम्पनीका बिक्री तथा बजार प्रबन्धक विवेक बलामीले उकालो चढ्न सक्ने/नसक्ने ग्राहकको जिज्ञासा मेटाउन सफल भएको बताउँछन् । ‘सोरुमलगायत अन्य स्थानमा ग्र्राहकले उकालो चढ्न सक्छ कि सक्दैन जिज्ञासा गर्दै आएका छन् । त्यसैले टोयोटा रस परीक्षण गर्ने उद्देश्य थियो । पहिलो रोजाइ मुस्ताङ भयो,’ बलामीले भने, ‘बेनीदेखि कच्चा रोड सुरु हुँदा चालकहरूले समेत जान्छ कि जाँदैन भन्ने थियो । तर, रसले प्रमाणित गरेको छ । ८ सय ९५ किलोमिटरको मुस्ताङ यात्रा । बेनीदेखि कागबेनी र जोमसोमदेखि घम्बा तालसम्मको १ सय ८५ किलोमिटरको अफ रोड एडभेन्चरस टेस्ट ड्राइभ गरेको छ ।’ रस कम्फट पनि भएकाले सहज भएको उनले बताए । मुस्ताङको सफल टेस्ट ड्राइभपश्चात् नेपालको भौगोलिकमा सहजै चलाउन सक्ने कम्पनीले जनाएको छ ।


रसमा ७ जना सजिलै बस्न सकिन्छ । एसयूभी रस ब्याक ह्विल ड्राइभ हो । यो फोर ह्विल गाडीजत्तिकै क्षमतामा राख्ने दाबी छ । जसले गर्दा सहजै यात्रा गरेको हो । १५ सय सीसीको इन्धन क्षमता ४५ लिटरको छ । एसयूभी सेग्मेन्टको गाडी भए पनि यसको ह्विल बेस अपरोडमा गुड्ने गाडी जत्तिकै अग्लो छ । ग्राउन्ड क्लियरेन्स दुई सय २० मिलिमिटरलगायत अन्य सुविधा पनि छ । कम्पनीले करिब ७ महिनाअघि सार्वजनिक गरिएको उक्त कार ४ मोडलमा पाइन्छ । कारको न्यूनतम मूल्य ६६ लाख ९० हजार रुपैयाँदेखि ७५ लाख ५० हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
[email protected]

प्रकाशित : चैत्र १५, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?