कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गुगल म्यापमा स्पिड लिमिट

काठमाडौँ — गुगल म्यापले प्रयोगकर्तालाई सवारी चलाउँदा स्पिड लिमिट देखाउने फिचरका लागि दुई वर्षदेखि काम गरिरहेको छ ।

गुगल म्यापमा स्पिड लिमिट

अहिले भने यो परीक्षणका क्रममा रहेको समाचारहरू सार्वजनिक भएको छ । बेलायत, अमेरिका, अस्ट्रेलियाका प्रयोगकर्ताले आफ्नो म्यापको अपडेटमा स्पिड लिमिट फिचर देख्न थालेपछि यो तथ्य बाहिरिएको हो ।


एपले स्क्रिनको छेउमा सम्बन्धित सडकमा तोकिएको स्पिड लिमिटबारे अवगत गराउनेछ र बढी स्पिड भए नियन्त्रणका लागि नोटिफिकेसन दिनेछ ।


स्पिड लिमिटको जानकारीबाहेक केही प्रयोगकर्ताले स्पिड क्यामेराको पनि अपडेट भेटेका छन् । जसमा सडकमा सवारीको गति जाँचका लागि राखिएको स्पिड क्यामेराबारे जानकारी दिनेछ ।


प्रकाशित : माघ ११, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×