१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

कोभिडको समयमा कार्यालयमा काम गर्दा कस्ता सावधानी अपनाउने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को महामारीमा प्राय:ले घरबाटै काम गरिरहेका छन् । सबैजसो कार्यालयहरु खुला नभएता पनि अत्यावश्यक सेवाका कार्यालयहरु खुलिरहेका छन् । ठूल्ठूला कार्यालय जहाँ धेरै कर्मचारीहरु कार्यरत छन् त्यहाँ संक्रमणको जोखिम धेरै हुन सक्छ ।

कोभिडको समयमा कार्यालयमा काम गर्दा कस्ता सावधानी अपनाउने ?

कार्यालय र कार्यालयको कर्मचारीले संक्रमणको जोखिम कम गर्न कस्ता खालका सावधानी अपनाउने त ?

  • कार्यालयमा पहिला जुन तरिकाको संरचना र व्यवस्थापन थियो अब यसमा फेरबदल गर्नुपर्छ । जस्तै नजिकनजिक टेबल–कुर्सी भएकालाई दूरी मिलाएर सेटअप गर्नुपर्छ ।
  • सेन्सरयुक्त ढोका, ह्यान्डिल लगायतका कुरामा ठूला कार्यालयलहरुले संरचना परिवर्तन गर्नुपर्छ ।
  • कार्यालय छिर्नुअघि कर्मचारी र सेवाग्राहीले साबुन पानीले हात धोएर प्रवेश गर्ने वा अल्कोहलयुक्त स्यानिटाइर प्रयोग गर्नुपर्छ ।
  • कार्यालयमा स्यानिटाइजर, साबुन, टिस्यु पेपरलगायत हाइजिनका सामानहरु पर्याप्त मात्रामा कर्मचारी र ग्राहकका लागि उपलब्ध हुनुपर्छ ।
  • कर्मचारीहरु मास्क लगाएर र दूरी (कम्तीमा२ मिटर) कायम गरेर बस्नुपर्छ । पटकपटक साबुन पानीले मिचिमिचि हात धुनुपर्छ ।
  • दैनिक प्रयोगमा आउने र धेरै जनाले प्रयोग गर्ने ढोकाको ह्यान्डिल, डेस्क, बत्तीको स्वीच, शौचालय, किबोर्ड, टेलिफोन, प्रिन्टर, फिल्टर लगायतलाई सफा र निसंक्रमण गरिराख्ने गर्नुपर्छ ।
  • कर्मचारीहरु भेट हुने बित्तिकै हात मिलाउने, अँगालो हाल्ने कार्य नगर्ने ।
  • लक्षण नदेखिएता पनि कोभिडको संक्रमण हुने भएकाले कुराकानी गर्दा पनि ६ फिटको दूरी कायम गरेर मात्र ग्राहक, सहकर्मीसँग कुराकानी गर्ने गर्नुपर्छ ।
  • ब्रेक भएको बेला साथीभाइसँग खाजा खाँदा पनि बाहिर खाने र दूरी कायम गरेर खानुपर्छ । खाइसकेपछि मास्क लगाएर मात्र गफ गर्ने गर्नुपर्छ ।
  • सेवाग्राही आउने कार्यालय हो भने भीडभाड हुन नदिन त्यही अनुसार कार्यालयले व्यवस्था गर्नुपर्छ । जस्तै दूरी कायम गरिएको लाइन व्यवस्था गर्ने ।
  • सेवाग्राही बस्नका लागि दूरी बनाएर सोफा वा कुर्सी राख्ने विषयमा ध्यान दिनुपर्छ ।
  • भाइरस भीडभाडमा र भेन्टिलेसन नभएका रुममा छिटो सर्ने सम्भावना हुने भएकाले खुला हावा आवतजावत हुने कार्यालयको सेटअप तयार गरिनुुपर्छ ।
  • लिफ्टमा धेरै जना नचढ्ने । लिफ्टको बटन हातले थिच्नुहुन्न । टुथ पिक र टिस्यु पेपरले थिच्ने । सकेसम्म भर्‍याङ चढेर माथि जाने ।

प्रकाशित : आश्विन २७, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?