२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

दसैं-तिहार नजिक आयो : कोभिडको समयमा सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — जनस्वास्थ्य विज्ञका अनुसार संक्रमण फैलिन सक्ने प्रमुख माध्यम भनेको सार्वजनिक यातायात पनि हो । गाडीहरु खुलेसँगै मानिसहरु एक जिल्लाबाट अर्को जिल्लाबाट आवतजावत गर्न थालेका छन् । नजिकिँदै गरेको दशैं, तिहार तथा छठमा घर जानेको संख्या अवश्य नै बढ्ने देखिन्छ । कोभिडको समयमा पहिलेको जस्तो भिडभाडमा यात्रा गर्नुहुँदैन, संक्रमण छिटो र धेरै ठाउँमा फैलिने सम्भावना हुन्छ ।

दसैं-तिहार नजिक आयो : कोभिडको समयमा सार्वजनिक यातायातमा कसरी यात्रा गर्ने ?

छोटो तथा लामो दुरीका यात्रा गर्दा धेरै कुरामा सावधानी अपनाउनुपर्छ । कसरी सावधानी अपनाउने ?

यात्रुहरुले के गर्ने, के नगर्ने ?

  • बसमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाउने ।
  • सिटहरुमा दुरी (कम्तीमा २ मिटर) कायम गरेर बस्ने ।
  • यात्रुहरुले आफूसँग पनि स्यानिटाइजर बोक्ने र गाडी चढेपछि र ओर्लिएपछि स्यानिटाइजरले हात सफा गर्ने ।
  • गाडी चढ्दा लाइन लागेर मात्र गाडी चढ्ने ।
  • सकेसम्म खुद्रा पैसाको व्यवस्था आफैं गरेर दिँदा सजिलो र जोखिमरहित हुन्छ ।
  • लामो दूरीको टिकट सकेसम्म अनलाइन खरिद गर्ने । टिकट किन्न जाँदा पनि दूरी कायम गरेर किन्ने।
  • बस स्टप तथा बाटोमा खानेकुरा नकिन्ने र आवश्यक सामान आफौसँग बोक्ने ।
  • झ्यालहरु खुला राखेर बस्नुपर्छ ताकि हावा आवतजावत् होस् ।
  • सकेसम्म अत्याधिक व्यस्त हुने समयमा यात्रा नगर्ने र अत्यधिक चाप रहने रुटतिर नजाने ।
  • अनावश्यक रुपमा बस, ट्याक्सी लगायतका सवारी साधनका झ्याल ढोकाको डण्डी तथा सिट नछुने । छोएमा हातमा स्यानिटाइजर लगाउनुपर्छ ।
  • बसमा निःशुल्क दिइने पानीका बोतल, पत्रिका लगायतहरु नलिने ।
  • बसमा घरीघरी मास्क खोलेर खानेकुरा नखाने ।

चालक तथा सहचालकले के गर्ने, के नगर्ने ?

  • चालक तथा सहचालकले पनि यात्रुलाई दुरी कायम गरेर बस्न लगाउने गर्नुपर्छ ।
  • गाडीहरुमा चढ्दा ढोकाछेउमा स्यानिटाइजर उपलब्ध गराउनु राम्रो हुन्छ ।
  • गाडीमा यात्रु चढाउँदा र ओराल्दा लाइन लागेर चढ्न र ओर्लन प्रेरित गर्ने ।
  • सार्वजनिक सवारी साधनले यात्रु चढाउँदा र ओराल्दा तोकिएको स्थानको मात्रै प्रयोग गर्नुपर्छ ।
  • सहचालकहरुले स्टपहरुको बारेमा जानकारी दिइराख्ने, ठूलोठूलो स्वरमा बोल्नुपर्ने, पैसा उठाउनुपर्ने भएकाले अझ जोखिममा हुन्छन् । उनीहरुले पटक-पटक हातले मास्कहरु तलमाथि नगर्ने । थुक लगााएर पैसा नगन्ने ।
  • झ्यालहरु खुला राख्न यात्रुलाई आग्रह गर्ने ताकि हावा आवतजावत् होस् ।
  • लामो दूरीको टिकट अनलाइन बिक्री गर्ने व्यवस्था मिलाउने । टिकट काउन्टरमा भिड गर्न नदिने र दूरी कायम गराउने ।
  • चालक तथा सहचालकले पनि अनिवार्य रुपमा मास्क, भाइजर तथा पञ्जा लगाएर सवारीसाधन चलाउनुपर्छ ।
  • बसमा घरीघरी मास्क खोलेर नबस्ने ।
  • समय समयमा स्यानिटाइजर हातमा लगाउने ।
  • हरेक टिपपछि सवारी साधनहरु स्यानिटाइज गरिए संक्रमणको जोखिम कम हुन्छ ।


प्रकाशित : आश्विन २५, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?