कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जौको फाइदा नै फाइदा

काठमाडौँ — प्राचीनकालदेखि नै उपयोग गरिने अन्न हो– जौ । यसमा बोसो र नुनको मात्रा कम हुन्छ । यो प्राकृतिक लौह तत्त्वको राम्रो स्रोत हो । क्याल्सियमको राम्रो स्रोत भएकोले जौ मुटु, हाड, नङका लागि राम्रो मानिन्छ ।

जौको फाइदा नै फाइदा

विभिन्न अध्ययनहरूका अनुसार, जौ घुलनशील रेसाको सर्वोत्तम स्रोत हो । जौको एक खोराक (पाकेको, आधा कप) मा करिब चार ग्राम टाँसिने घुलनशील रेसा (बिटा ग्लुकन) पाइन्छ । यो रेसा रगतमा एचडीएल कोलेस्ट्रोल अर्थात् तथाकथित नराम्रो कोलेस्ट्रोललाई कम गर्न सहयोग गर्छ ।


जौ अतिरिक्त बोसोलाई अवशोषित गर्छ र प्रणालीबाट बाहिर पठाउँछ । यसै कारणले उच्च घुलनशील रेसाले गर्दा जौ कन्सिटिपेसनलाई निको पार्छ । यसले ‘ग्यास्ट्रो इन्टेसटाइनल बर्क’ लाई नियन्त्रित गर्न समेत सहयोग गर्छ । जौ स्नायुसम्बन्धी विकारमा समेत उपयोगी मानिन्छ । जौले महिलामा रजोनिवृत्तिको सुरुवातसँग जोडिएको डिम्बग्रन्थी एवं मूत्र प्रणालीसँग सम्बन्धित समस्या कम गर्न सहयोग गर्छ । जौमा केही फरक प्रकारको बोसोयुक्त एसिड र एन्टिअक्सिडेन्ट हुन्छ जो भिटामिन ‘ई’ सँग मिलेर कोषिकाको नोक्सानलाई न्यून गर्छ तथा यसबाट क्यान्सरको खतरा कम हुन्छ ।


भारतको उत्तर प्रदेश फैजावादस्थित नरेन्द्रदेव कृषि एवं प्रविधि विश्वविद्यालयको अनुसन्धानअनुसार जौको नियमित उपयोगले रक्तचाप, मधुमेह, पेट र मूत्रसम्बन्धी रोग, मृगौलाको रोग, बिर्सने रोग आदिमा प्रभावकारी मानिन्छ । आयुर्वेद चिकित्सकहरू जौलाई उमारेर कलिलो हरियो टुसाको जुस खानाले क्यान्सर रोगको वृद्घिलाई समेत मत्थर गर्ने दाबी गर्छन् ।


प्रकाशित : माघ ४, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?