कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कृत्रिम गुलियो जोखिमयुक्त 

काठमाडौँ — यदि तपाईं मधुमेहबाट बच्न चिया, कफी आदिमा चिनीको सट्टा कृत्रिम गुलियो (आर्टिफिसियल स्विटनर) लिइराख्नुभएको छ भने सावधान रहनुस् । 
मधुमेहबाट बच्न उपयोग गर्ने कृत्रिम गुलियोले तपाईंको स्वास्थ्यमा उल्टो प्रभाव पार्न सक्छ ।

कृत्रिम गुलियो जोखिमयुक्त 

‘करेन्ट एथेरोस्क्लेरोसिस रिपोर्टमा प्रकाशित अनुसन्धानअनुसार जो व्यक्ति ‘लो क्यालोरी स्विटनर’ (कम क्यालोरी भएको गुलियो) को उपयोग गर्छन्, उनीहरूको तौल घट्नुको सट्टा बढ्ने आशंका बढी हुन्छ । सँगै यो टाइप–२ मधुमेहको कारणसमेत बन्न सक्छ । अनुसन्धानअनुसार पछिल्लो दुई दशकमा बच्चामा स्विटनरको उपयोग दुई सय प्रतिशत र वयस्कमा ५४ प्रतिशतले बढेको छ ।


अमेरिकामा ७ वर्षसम्म ५ हजार एक सय ५८ वयस्कमा अनुसन्धान गरियो । यसमा के पाइयो भने जो व्यक्तिले बढी मात्रामा ‘स्विटनर’को सेवन गरे, उनीहरूको तौल यसको उपयोग नगर्नेको दाँजोमा बढी वृद्घि भयो । विश्वभरि कृत्रिम गुलियोको बजार २४ हजार ९६ सय करोड रुपैयाँको छ । ‘लो क्यालोरी स्विटनर’ मा क्यालोरीरहित गुलियोपना हुन्छ ।


यसअघि भएको क्लिनिकल ट्राइलमा पाइएको थियो कि कृत्रिम गुलियो तौल कम गर्छ तर हालको अनुसन्धानमा यसको उल्टो असर देखिएको छ ।

‘कृत्रिम गुलियो’को सेवन गरेपछि व्यक्ति विशेषले सोच्छन् आफूले रुचाएको मिठाई सेवन गर्न सकिन्छ ।

प्रकाशित : पुस १९, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?