कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ पटक दाँत सफा गरे हृदयाघातको जोखिम कम 

काठमाडौँ — युरोपमा गरिएको एउटा अध्ययनले दाँत सफा गर्ने र हृदयाघात रोक्नेबीच एउटा सम्बन्धको पहिचान गरेका छन् । युरोपियन सोसाइटी अफ कार्डियोलजीका अनुसन्धानकर्ताकहरूले एक लाख ६१ हजारभन्दा बढी व्यक्तिको मुटुको समस्याको इतिहाससँगै स्वास्थ्य तथ्यांकको जाँच गरे । 

३ पटक दाँत सफा गरे हृदयाघातको जोखिम कम 

१० वर्षसम्म फलो अपपछि तीमध्ये ३ प्रतिशतमा ‘एट्रियल फिब्रिलेसन (मुटुको अनियमित धड्कन)’ र करिब ५ प्रतिशतमा हर्ट फेल्योर हुनेबारे बताए ।


दिनमा तीन पटक वा यसभन्दा बढी पटक टुथ ब्रस गर्नाले एट्रियल फिब्रिलेसनको जोखिम १० प्रतिशत कम र मुटुको असफलताको जोखिम १२ प्रतिशत कम हुन्छ । पछिल्लो अध्ययनले थाहा पाइएको थियो कि नराम्रो मुखको स्वच्छताले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । यसमा रगतमा ब्याक्टेरिया सामेल हुन्छ जसले शरीरमा सुन्नाइ हुन्छ । यसले मुटुको समस्या जस्तै एट्रियल फिब्रिलेसन र मुटुको असफलताको खतरा बढ्छ ।

प्रकाशित : पुस १९, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?