कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पंगा’ लिँदै कंगना

एजेन्सी

हुन त कंगना रनावत बलिउडमा सबैसँग पंगा लिइरहेकी हुन्छिन् । प्रायःसँग कुनै न कुनै मुद्दामा भिडिरहेकी पनि हुन्छिन् । यतिबेला भने उनी रियलमा नभई रिलमा नै ‘पंगा’ गरेकी छन् ।

‘पंगा’ लिँदै कंगना

अश्वनी ऐयर तिवारीको निर्देशन रहने उक्त फिल्ममा कंगना एक कबड्डी खेलाडीको केन्द्रीय भूमिकामा अभिनीत छिन् । प्रायः अभिनेत्रीहरू नयाँ फिल्म गर्ने क्रममा आफ्नो वजन घटाएर जिरो फिगरको चक्करमा लागिरहेका हुन्छन् । तर कंगना भने यसका लागि ठीक उल्टो आफ्नो वजन बढाएकी थिइन् । हालै फिल्मको सार्वजनिक पोस्टरमा पनि कंगनालाई मोटी अवतारमा देखिन्छ ।

फिल्म नै भने जनवरी २४ मा प्रदर्शन हुने बताइएको छ । सोही मितिमा वरुण धवन र श्रद्धा कपूर अभिनीत थ्रीडी फिल्म ‘स्ट्रिट डान्सर’ पनि प्रदर्शनमा आउने पक्कापक्की भएको छ । अब कंगनाको ‘पंगा’ वरुण र श्रद्धाका लागि कत्तिको भारी पर्ने हो भन्ने त सोही बेला नै थाहा होला । तर अहिले नै भने कंगना उनको भूमिकामा भारी वजनसहित देखिन लागेको निर्देशक तिवारीले बताए । तिवारीले थपे, ‘कंगनाको शरीर नै यस्तो रहेछ कि जति नै वजन बढाए पनि त्यो भनेजस्तो नदेखिने रहेछ ।’ फिल्ममा उनी जयाको चरित्रमा देखिनेछिन् ।


‘जसले सपना देख्छ, उसैले नै पंगा लिन्छ’ भन्ने स्लोगनसहित प्रचार थालेको ‘पंगा’ युनिटले यसको ट्रेलर सोमबार नै रिलिज गर्दै छ । वजनलाई तत्काल घटाउन होस् वा बढाउन कंगनाका लागि धेरै ठूलो काम भने हैन । जबकि फिल्म ‘दंगल’ मा आमीर खानले वजनलाई साविकको भन्दा धेरै बढाएको कुरालाई निकै प्रचार गरिएको थियो ।

कंगनाले भने यसलाई खासै ठूलो महत्त्व दिन चाहिनन् । तैपनि वजन बढाएको गाइँगुइँ बढेपछि निर्देशकले स्वीकार गर्दै केही भनाइ थपिदिएका थिए । वजन बढाउने सवालमा फिल्म ‘सुपर ३०’ मा समेत हृतिक रोशनसमेत लागेका थिए । पछि आफ्नो मोटो शरीरलाई ‘वार’ का लागि लगत्तै घटाएका थिए ।

‘फिल्मको कथा आम सर्वसाधारणको जिन्दगीमा आउनेवाला चुनौतीका बारेमा छ र कस्ता कुराले एउटी महिलालाई उसको लगावलाई अघि बढाउन मद्दत गर्छ भन्ने छ’ फिल्मका बारेमा कंगनाले भनेकी छन् । त्यसो त ‘पंगा’ मा कंगना एक आमाको भूमिकामा रहेको उनकै बहिनी रंगोलीले खुलासा गरिदिएकी छन् ।

रंगोलीले भनेकी छन्, ‘भर्खरभर्खर बलिउड आउँदा कंगनाका लागि कसैले हिरो, हिरोइनकी आमाको भूमिकामा प्रस्ताव गर्‍यो भने त्यसलाई आफ्नो अपमान गरेको ठान्थिन् । तर जब ‘मणिकर्णिका’ जस्तो फिल्ममा नै आमाको भूमिका निर्वाह गरिन्, जबदेखि उनको धारणामा परिवर्तन आएको हो । उनी फेरि आमाको भूमिकामा देखिँदै छिन् ।’

प्रकाशित : पुस ६, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?