२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

'सम्हालिन्छ कहिले मन'अझै अलमलमा

काठमाडौँ — 'म यस्तो गीत गाउँछु २' भन्दा अगाडि निर्देशक सुदर्शन थापाले फिल्म 'सम्हालिन्छ कहिले मन' घोषणा गरेका थिए । कभर गायनबाट चर्चामा आएका सोनम तोप्देनलाई लिएर फिल्मको सुटिङसमेत सम्पन्न भयो ।

'सम्हालिन्छ कहिले मन'अझै अलमलमा

फिल्म बन्ने घोषणा भएको लामो समयपछि पनि फिल्म बन्ने नबन्ने टुङ्गो छैन । यस फिल्मपछि घोषणा गरेको 'म यस्तो गीत गाउँछु २' को प्रदर्शन मिति सार्वजनिक भइसक्यो । निर्माण टिमले फिल्मको प्रचार थालिसक्यो । तर, 'सम्हालिन्छ कहिले मन' भने बन्ने नबन्ने ठेगान छैन ।

पछिल्लो समय निर्देशक र निर्माताबीच कुरा नमिलेपछि फिल्मको निर्माण अघि बढ्न नसकेको चर्चा छ । निर्देशक सुदर्शन भने फिल्मको कालिकास्थानमा पोस्ट प्रडक्सनको काम भइरहेको बताउँछन् । 'फिल्मको काम रोकिएको छैन । पोस्ट प्रडक्सनमा छ । निर्माताको अर्को फिल्म पासवर्ड बीचमा प्रदर्शन गर्नुपर्ने भएकोले 'सम्हालिन्छ कहिले मन'को काम पछाडि धकिलिएको हो', उनले भने ।

अब 'म यस्तो गीत गाउँछु २'पछि नै यो फिल्म प्रदर्शनमा आउने उनले बताए ।

प्रकाशित : माघ २, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए सम्बन्धित पक्षबाट क्षतिपूर्ति भराउने गृहमन्त्रीको निर्णय कस्तो लाग्यो ?