कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दयाहाङ र सौगातसँग रेखाको प्रतिस्पर्धा

काठमाडौँ — अभिनेत्री रेखा थापाले निर्माण गर्ने नयाँ फिल्ममा तीन कलाकारको अभिनयको प्रतिस्पर्धा हुने भएको छ । अभिनेता सौगात मल्ल अनि दयाहाङ राईसँग टिमअप गरेकी रेखाले फिल्ममा तीन कलाकारको अभिनयको प्रतिस्पर्धा हुने बताएकी हुन् ।

दयाहाङ र सौगातसँग रेखाको प्रतिस्पर्धा

एक्सनप्रधान फिल्मलाई सबीर श्रेष्ठले निर्देशन गर्ने भएका छन् । फिल्ममा जगदीश्वर थापाको कथा रहने बताइएको छ । यसअघि अभिनेत्री थापाले कोरियोग्राफर/निर्देशक रेनशा बान्तवा राईसँग फिल्म गर्ने घोषणा गरेकी थिइन् । रेनशासँगको सहकार्यपछि मात्रै यो फिल्म निर्माणमा जानेछ ।

रेखाले आफूलाई लामो समयदेखि यी दुई अभिनेतासँग काम गर्ने रहर भएको तर समय नजुटेको पनि बताइन् । यसपाली भने तीनैजनाको समय जुरेको देखिन्छ । स्क्रिप्टले नै अभिनयमा अब्बल कलाकार खोजेपछि यो टिम बन्न पुगेको रेखा बताउँछिन् ।

'यो स्क्रिप्टको डिमान्ड हो हामीलाई एकदमै राम्रो अभिनय गर्ने कलाकारको आवश्यकता थियो स्टोरीअनुसार उनीहरु नै चाहियो । धेरै अघिदेखि उनीहरुसँग टिमअप गर्ने मन थियो,' उनले भनिन् ।

आफ्ना लागि पुराना कलाकारको जोडी नसुहाउने भएकाले दया र सौगातसँग जोडिएको उनले बताइन् । 'तीनजना कलाकारको कम्पिटिसन हुन्छ भनौं न । रमाइलो हुन्छ । तीनैजना खारिएका कलाकार एउटै पर्दामा देखिँदा कस्तो होला ?' उनले भनिन् ।


प्रकाशित : माघ १, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?