कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हलमा बल्लतल्ल एउटा नेपाली फिल्म !

काठमाडौँ — पुस महिनाभर हलले नेपाली फिल्मको मुख देख्न पाएनन् । यसबीच हलमा बलिउड र हलिउड फिल्मले राज गरे ।

हलमा बल्लतल्ल एउटा नेपाली फिल्म !

पछिल्लो समय प्रदर्शनमा आएका हलिउड फिल्म 'स्टार वार्स', 'जुमान्जी' तथा बलिउड फिल्म 'गुड न्यज', 'छपाक', 'तानाजी'ले नेपाली बक्स अफिसबाट व्यवसायिक सफलता पाइरहँदा भने नेपाली फिल्मको भने शून्य सहभागिता देखियो ।

पुस महिनापछि त हलमा नेपाली फिल्मको खडेरी नै लागेको थियो। नामै नसुनिएका फिल्मले यी फिल्महरुसँग प्रतिस्पर्धा गर्न सकेन । व्यवसायका हिसाबले पनि विदेशी फिल्मसँग कुनै नेपाली फिल्म प्रतिस्पर्धामा आएनन् ।

माघ महिनामा बल्लतल्ल नेपाली फिल्मले आफ्नो उपस्थिति जनाएको छ । माघ ३ मा '१२ सत्ताइस' नामक फिल्म प्रदर्शनमा आउँदैछ । तर, यसले ठूला विदेशी फिल्मलाई टक्कर दिनसक्नेमा धेरैले विश्वास गरेका छैनन् ।


पुस माघको समयलाई नेपाली फिल्मकर्मी 'अफसिजन' मान्दछन् । जब कि यो आँकलनलाई 'छपाक' र 'तानाजी'ले गलत साबित गरिदिएका छन्।

प्रकाशित : माघ २, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×