कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

अजय देवगनको सयौं फिल्म 'तानाजी' सय करोड क्लबमा

एजेन्सी

काठमाडौँ — बलिउड स्टार अजय देवगनले अभिनय गरेको सयौं फिल्म 'तानाजी' रिलिजको छैटौं दिन सय करोड क्लबमा प्रवेश गरेको छ । बलिउडका ट्रेड एनालिस्ट तरन आदर्शले बुधबार ट्विटरमा फिल्मले सय करोडको व्यापार गरेको बताएका हुन् । 

अजय देवगनको सयौं फिल्म 'तानाजी' सय करोड क्लबमा

सय करोडभन्दा बढीको व्यापार गर्ने अजयको यो लगातार पाँचौं फिल्म हो । यसअघि उनका 'गोलमाल अगेन', 'रेड', 'दे दे प्यार दे' र 'टोटल धमाल'ले सय करोडभन्दा बढीको व्यापार गरेका थिए । 'गोलमाल अगेन'ले चार दिनमै सय करोड कमाएको थियो ।


‌ओम राउतले निर्देशन गरेको यो फिल्म सत्रौं शताब्दिका मराठा योद्धा तानाजी मालुसरेको जीवनमा आधारित छ । फिल्ममा खलनायकको भूमिकामा देखिएका सैफअलि खानका लागि सय करोडमा पुग्ने यो २०१३ को 'रेस २'पछि यो पहिलो फिल्म हो। काजोलको यसअघि 'दिलवाले' ले सय करोडको व्यापार गरेको थियो ।

प्रकाशित : माघ १, २०७६ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?