कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किम्फमा ‘पियानो टु जंस्कर’ उत्कृष्ट 

नेपाल पानोरमामा 'जुनुको जुत्ता'

काठमाडौँ — काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करणमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धा तर्फको प्रथम पुरस्कार माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ ले जितेको छ । फिल्मले दुई लाख रुपैयाँ हात पार्न सफल भएको छ । 

किम्फमा ‘पियानो टु जंस्कर’ उत्कृष्ट 

त्यस्तै, कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ दोस्रो हुँदै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो हुँदै एक लाख रुपैयााँ जितेको छ ।


नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) फिल्म घोषित हुँदै क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।


किम्फमा प्रदर्शित यसवर्षको उत्कृष्ट साहसिक पर्वतीय फिल्म भइ जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ले एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । धोंडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकहरूको रोजाईमा परेर ‘अडियन्स अवार्ड’ जित्यो । मुस्ताङको परिवेशमा खिचिएको यस फिल्ममा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको थियो । फिल्मले ७५ हजार रुपैयाँको पुरस्कार पायो ।

किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा नवविजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुादै क्रमश : ४० हजार, ३० हजार र २० हजार जितेका थिए । महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए ।

किम्फको १७ औं संस्करणमा नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भएका थिए ।

प्रकाशित : मंसिर २९, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?