कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कानुनी झमेलामा अजयको ‘तानाजी’

एजेन्सी

बलिउड अभिनेता अजय देवगनको प्रदर्शोन्मूख फिल्म ‘तानाजी’ कानुनी झमेलामा परेको छ । पछिल्लो समय बलिउडमा ऐतिहासिक विषयमा बनेका थुप्रै फिल्म जस्तै यसलार्ई पनि धर्म र जातिको नाममा खुलेको संगठनले चुनौती दिएको हो ।

कानुनी झमेलामा अजयको ‘तानाजी’

यो फिल्म मराठा योद्धा तानाजी मालसुरेको जीवनीमा आधारित छ । फिल्ममा अजयले तानाजी र उनकी पत्नी काजोलले तानजीकी पत्नीको भूमिकामा अभिनय गरेका छन् ।


अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघ नामक संगठनले तानाजीका पुर्खाबारे तथ्यहरु लुकाइएको भन्दै दिल्ली हाइकोर्टमा फिल्मका निर्देशक ओम राउतविरुद्ध उजुरी दिएका हुन् । यसको डिसेम्बर १३ मा सुनुवाइ हुने भएको छ ।


संजय लिला भन्सालीको ‘पाद्मावत’देखि आशुतोष गोवारिकरको ‘पानीपत’सम्म ऐतिहासिक विषय वा व्यक्तिमाथि बनेका फिल्महरुले मुद्दा मामिला झेल्दै आएका छन् ।


दीपिका पादुकोणको ‘छपाक’सँग एकै दिन जनवरी २० मा यो फिल्म रिलिज हुँदैछ । फिल्ममा सैफअलि खान खलनायकको रुपमा देखिदैछन् ।

प्रकाशित : मंसिर २९, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?