कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आलिया एसियाकै सुन्दरी

बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा सुन्दर एसियाली महिलाका रुपमा चुनिएकी छन् ।

आलिया एसियाकै सुन्दरी

बेलायती साप्ताहिक इस्टर्न आई ले गरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकै सुन्दर महिलाको रुपमा घोषणा गरेको हो ।

यो सर्वेक्षणसँगै सन् २०१९ २६ वर्षीया आलियाका लागि सुखद वर्ष भएको टिप्पणी गर्न थालिएको छ । किनभने यही वर्ष आलिया भट्टले अभिनय गरेको बलिउड फिल्म ‘गल्ली ब्वाइ’ २०२० को अस्करका लागि पठाइएको छ ।


यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा सुन्दर एसियाली महिलाको अभिनेत्री दीपिका पादुकोण भएकी थिइन् । यसपाली भने दीपिका पादुकोण दशककै सुन्दर एसियाली महिला हुन सफल भएकी छन् । सूचीका हिसाबले उनी दोस्रो नम्बरमा छिन् ।

इस्टर्नआइकाअनुसार सुन्दर एसियाली महिला चयनका लागि अनलाइन मतदानका साथै मिडिया कभरेज, सामाजिक सञ्जालका प्लेटफर्म र उनीहरुको प्रभावलाई हेरिएको थियो । लण्डनमा भएको अनलाइन मतदान बुधबार सम्पन्न भएको थियो ।


सुन्दर एसियाली महिलाको सूचीमा बलिउड अभिनेत्री र रियालीटी स्टारकै वर्चश्व छ ।


टप १० सुन्दरी :

१. आलिया भट्ट

२. दीपिका पादुकोण

३. हिना खान

४. माहिरा खान

५. सुर्वीन चावला

६. कट्रिना कैफ

७. शिवांगी जोशी

८. निया शर्मा

९. मेविश हयात

१०. प्रियंका चोपडा

प्रकाशित : मंसिर २६, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?