कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्तो छ जेम्स बोन्डको ट्रेलर

एजेन्सी

बेलायत — जेम्स बोन्डका रुपमा ड्यानियल क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ को ट्रेलर सार्वजनिक भएको छ । ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५ औं फिल्म हो भने क्रेगको बोन्डका रुपमा पाँचौं ।

यस्तो छ जेम्स बोन्डको ट्रेलर

जेम्स बोन्ड हलिउडको सबभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् ।

क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडु लगायतका कलाकारले अभिनय गरेका छन् । फ्रेन्च अभिनेत्री सिडु यसअघिको बोन्ड फिल्ममा पनि थिइन् । रामी मलिकले गत वर्षमात्रै ‘बोहेमियन र्‍याप्सोडी’का लागि उत्कृष्ट अभिनेताको ओस्कर पाएका थिए भने अर्का ओस्कर विजेता क्रिस्टोफ वाल्ट्ज यसअघिको बोन्ड फिल्ममा खलनायक थिए ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित : मंसिर १८, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?