कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘दी कर्मा’ माघमा

काठमाडौँ — लामो समयदेखि नेपाल र भारतको सीमाक्षेत्र विवादित छ । कहिले सुस्ता, महेशपुर त कहिले कालापानी । यही सीमा क्षेत्रमा हुने आपराधिक घटनामा आधारित फिल्म ‘दी कर्मा’ ले भने माघ १७ लाई आफ्नो रिलिज डेट तय गरेको छ । अफिसियल पोस्टर रिलिज गर्दै फिल्म युनिटले रिलिज मिति तोकेको हो ।

‘दी कर्मा’ माघमा

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा भारतीय कलाकारले पनि अभिनय गरेका छन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्म जयराज राय, श्रीदेव बीएल र निशा खतिवडाले निर्माण गरेका हुन् । शारदा खड्का अर्याल सह–निर्माताका रूपमा छन् । रामेश्वर कार्कीले छायांकन रहेको फिल्म नेपालको तराई क्षेत्रमा खिचिएको हो ।


भारतका मोडल तथा कलाकार करण बर्माको समेत अभिनय रहेको चलचित्रमा निता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतको अभिनय छ । चलचित्रको पटकथा तथा संवाद सुशील पोखरेलले लेखेका हुन् ।


प्रकाशित : मंसिर ४, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?