कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

"जुटौं भो नछुटौं" गीत सार्वजानिक 

काठमाडौँ — मौलिक लोकदोहोरी गीत "जुटौं भो नछुटौं " सार्वजानिक भएको छ । गीतमा लोकदोहोरी गायक उद्धव कार्की र गायिका पार्बती कार्कीको स्वर छ । उक्त गीतको शब्द क्यानाडा बस्ने मुरारी अधिकारीले लेखेका हुन् । गायक कार्कीले नै संगीत गरेका छन् भने भिडियो वीरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाको भिडियो सम्पादन रहेको गीत शिवपुरी म्युजिकको ब्यानरमा बनेको हो। 

गीतको भिडियोलाई प्रोसिस तिमल्सिनाले निर्देशन गरेका हुन् । भिडियोमा गायक कार्कीसँगै मोडल अनु पराजुली, पूर्णप्रसाद ढुंगाना तथा बाल कलाकार हृदम सुवेदी र प्रितिका पौडेल लगायतको अभिनय छ ।

प्रकाशित : मंसिर ३, २०७६ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?