कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिजाल र श्रेष्ठको सहकार्य

काठमाडौँ — वरिष्ठ गीतकार कालीप्रसाद रिजाल र संगीतकार सन्तोष श्रेष्ठले आधुनिक गीति एल्बम ‘उदास जवानी’ ल्याएका छन् । राजधानीमा शनिबार संस्कृतिविद् एवं कवि तुलसी दिवस, संगीतकार दीपक जंगम, गीतकार एवं चलचित्रकर्मी यादव खरेललगायतले सार्वजनिक गरे ।

रिजाल र श्रेष्ठको सहकार्य

संस्कृतिविद् दिवसले एल्बममा काव्यिक शब्दसहितका राम्रा गीत रहेको दाबी गरे । संगीतकार जंगमले रिजालको गीतिलेखन निकै अर्थपूर्ण र गहिरो हुने बताउँदै श्रेष्ठले पनि त्यहीअनुरूपको संगीत गरेको बताए । अर्का गीतकार खरेलले एल्बमका गीत मन छुने र कालजयी प्रकृतिका रहेको बताए ।


एल्बममा समेटिएको गीत ‘एक्लो उदास जवानी...’ र ‘मै छोरीलाई नै गर्भमा नै...’को म्युजिक भिडियो पनि कार्यक्रममा देखाइएको थियो । हेम प्रभासले निर्देशन गरेको भिडियोको छायांकन र सम्पादन वीरेन्द्र भाटले गरेका हुन् ।


एल्बममा पाँच वटा गीत छन । शिशिर योगी, मनोज राज, निशा देशार, राज सागर, रीता केसी र साहिमा श्रेष्ठले स्वर दिएका छन् । एल्बममा ‘बाँच्दै नबाँचे पनि...’, ‘मिसिएर दुइटा खोला...’, ‘सामुन्नेमा उसलाई देख्दा...’ लगायत गीत छन् । संगीतकार श्रेष्ठद्वारा संगीतबद्ध यो ३२ औं एल्बम हो ।

प्रकाशित : मंसिर २, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?