कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुट्टिए माइली र केटलिन

(एजेन्सी)

काठमाडौँ — पप गायिका माइली साइरसले महिना दिनअघि मात्रै पति लिअम हेम्सवर्थसँगको सम्बन्ध तोडेकी थिइन् ।

छुट्टिए माइली र केटलिन

सम्बन्धविच्छेदको कारणलाई दुवैले गुपचुप नै राख्दै एकले अर्काको सम्मानमा अभिव्यक्ति दिने भद्र सहमति भएको दुवै पक्षले मिडियालाई बताएका थिए तर लिअमबाट अलग्गिएको केही दिनमै माइली ३१ वर्षीया ब्लगर केटलिनसँग सार्वजनिक रूपमा चुम्बन गर्दै गरेको अवस्थामा भेटिइन् ।


सोही समय केटलिन पनि ब्रुडी जेन्नरसँग सम्बन्ध तोडेर माइलीसँग नजिकिएकी थिइन् ।


गत अगस्टको दोस्रो साता इटाली भ्रमणमा छँदा यी दुई युवतीले चुम्बन साटासाट गरेर समलिंगी सम्बन्धमा रहेको जानकारी दिएको डेढ महिना पनि बित्न नपाउँदै यतिबेला छुट्टिएका छन् । ‘माइली र केटलिन अब रोमान्टिक रिलेसनसिपमा छैनन्,’ स्रोत उद्धृत गर्दै भनिएको छ, ‘पछिल्लो समय दुवैबीचमा अप्ठ्यारो परिस्थिति उब्जेपछि सम्बन्ध टुंग्याएर बरु असल साथीका रूपमा मात्रै रहन चाहेका हुन् ।’


शुक्रबारको एम्मी अवार्डको पार्टीमा केटलिन एक्लै उपस्थिति थिइन् भने माइली अनुपस्थित रहिन् । माइलीले लिअमसँगको दशक लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको वर्ष दिन पनि नबित्दै अगल भएकी थिइन् । यतिबेला केटलिनसँगको सम्बन्धले पनि सार्थकता नपाएपछि उनी केही तनावमा रहेको बताइएको छ ।


उनले केही समय आफूले ब्रेक चाहेको र के कारणले आफू दुःखी भइरहेको छु भन्ने कुरा अन्तर्मनबाट बुझ्न चाहेको स्रोतले बताएको छ । यतिबेला माइलीका अभिभावक पनि उनको खुसीका लागि सहयोगी बनिरहेका छन् । उनीहरू माइली जसो गर्दा खुसी हुन्छिन्, त्यसमै सहमति जनाउन तयार रहेको बताएका छन् ।


प्रकाशित : आश्विन ६, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?