कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बाटैमा रैछ घर तिम्रो...’

काठमाडौँ — ‘सिमसिमे पानीमा...’ गायिका रेखा शाह नयाँ गीतसहित आएकी छन् । राजनराज शिवाकोटीको रचना तथा संगीतमा उनले ‘बाटैमा रैछ घर तिम्रो...’ नयाँ गीत सार्वजनिक गरेकी हुन् । शिवाकोटीले उनलाई गायनमा पनि साथ दिएका छन् । 

‘बाटैमा रैछ घर तिम्रो...’

गीतमा ‘जनबोलीका शब्द टिपेर प्रेम–प्रणयका भावमा उतारिएको’ रेखाले बताइन् । ‘शब्द र संगीतको हिसाबले पहिलोको पनि नयाँ छ’, उनले भनिन् । पछिल्लो समय लोक लय फ्युजन गरि आधुनिक संगीतमा काम गर्दै आएका राजनराज शिवाकोटीले ‘बाटैमा रैछ घर तिम्रो...’ मा पनि टिपिकल नेपाली शब्दहरू प्रयोग गरेको बताए ।


‘दन्तैमा रैछ मोहनी’ जस्ता शब्दको प्रयोगले गीत मिठासपूर्ण बनेको उनले दाबी गरे । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । गोविन्द राईको कोरियोग्राफी रहेको सो भिडियोमा अञ्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ । नीतिन चन्दले निर्देशन गरेको भिडियोलाई दिप्सन बस्नेतले छायांकन र सम्पादन गरेका छन् ।


रेखाको सांगीतिक जीवन पनि लोकगीतबाटै भएको थियो । १५ वर्षको उमेरमा उनले रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा गाएको ‘सिमसिमे पानीमा, ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा..’ गीत साढे दुई दशक अघि उत्कृष्ट बनेको थियो । आधा दर्जन गीति एल्बम निकालिसकेकी उनले यही गीतको प्रकाशनसँगै संसारभरका नेपालीमाझमा कन्सर्ट गर्ने तयारी गरेको बताइन् ।

प्रकाशित : आश्विन २, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?