कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दिन ६ फिल्म

काठमाडौँ — चिनियाँ समाज र संस्कृति बुझन् फिल्म सशक्त माध्यम हुन सक्छ । यही ध्येय बोकेर हरेक वर्ष हुँदै आएको चिनियाँ फिल्म महोत्सव यसपटक आउँदो साता राजधानीमा हुँदै छ ।

तीन दिन ६ फिल्म

मंगलबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा हुने तीनदिने महोत्सवमा ६ वटा चिनियाँ फिल्म प्रदर्शन हुँदै छ ।


नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र वर्ल्ड कल्चरल नेटले गर्न लागेको महोसत्वमा यसपटक चिनियाँ फिल्म ग्रुप कर्पोरेसनको पनि सहभागिता रहने छ । महोत्सवअन्तर्गत नै यस वर्ष पेकिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्युटका प्रोफेसर चेन सुगुआङसँग विशेष अन्तरसंवाद पनि हुने नेटका अध्यक्ष दीपक सरकारले बताए ।


‘यो अन्तरसंवादले नेपाली चलचित्रकर्मीहरूलाई चिनियाँ कला र फिल्मबारे बुझ्न सजिलो हुने छ,’, उनले भने । महोत्सवमा यसपटक चर्चित निर्देशक वङ्गकार वाईको निर्देशन रहेको ‘द ग्रान्डमास्टर ’, दाँते लामको निर्देशन रहेको ‘अपरेसन मेकङ’, जा ज्याक्युज अनौदको निर्देशन रहेको ‘वुल्फ टोटेम’, लेस्त चेनको निर्देशन रहेको ‘ब्याटल अफ मेमोरिज’, हान यानको निर्देशन रहेको ‘गो अवे मिस्टर ट्युमर’ र हाई चोङको निर्देशन रहेको फिल्म ‘रनिङ लाइक विन्ड’ देखाइने छ ।


हरेक दिन २ वटा फिल्म प्रदर्शन गरिने उक्त महोत्सवमा प्रवेश निःशुल्क रहने महोत्सव संयोजक राजेन्द्र रिमालले जनाए ।

प्रकाशित : भाद्र २६, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?