कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निकलाई माइलीको व्यंग्य

काठमाडौँ — गायिका माइली साइरसले यति बेला आफ्ना पूर्वप्रेमी निक जोनासप्रति लक्षित गर्दै विवाहअघिको कुमारत्वका बारेमा प्रश्न गर्दै व्यंग्य कसेकी छन् ।

निकलाई माइलीको व्यंग्य

विवाहअघि जोनास दाजुभाइले लगाएको ‘पवित्रताको औंठी’ लाई लिएर एक रेडियो अन्तर्वार्तामा प्रश्न गरेकी छन्, ‘के तिमीहरूले लगाइराखेको पवित्रताको औंठीलाई अन्ततः खोलेको क्षण रमाइलो लागेको थियो ?’ जोनास दाजुभाइका बुबा क्रिस्चियन पादरी हुन् भने उनीहरू चर्चमा हुर्केबढेका थिए ।


त्यहाँको धार्मिक मान्यताअनुसार युवकले आफ्नो कुमारत्व भंग नभएको संकेतस्वरूप औंलामा उक्त औंठी लगाउने गरिन्छ । यति बेला दुवै दाजुभाइले विवाह गरी औंठी खोलिसकेका छन् भने माइलीले विवाहअघिको जोनास दाजुभाइको कुमारत्वमाथि प्रश्न उठाएकी थिइन् । निकले १४ वर्षको उमेरमा माइलीलाई डेट गरेका थिए ।


दुईबीचको सम्बन्ध वर्ष दिनमा तोडिएपछि निक अर्की गायिका सेलेना गोमेजको प्रेममा परेका थिए । त्यसपछि ओलिभिया कुल्पो हुँदै भारतीय अभिनेत्री प्रियंका चोपडासँग जोडिन पुगे । निकले प्रियंकासँग छ महिनाअघि मात्रै विवाह गरेका हुन् ।


उता निकका दाजु जोयले भने माइलीको प्रश्नमा हाँस्दै विवाहअघि कुमार नै रहेको जिकिर गरेका छन् । जोयले पनि एक महिनाअघि मात्रै ‘गेम्स अफ थ्रोन’ फेम सोफी टर्नरसँगको तीन वर्ष लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका थिए । र, अर्का दाजु केभिनले पनि सन् २००९ मा नै डेनिअलसँग विवाह गरेका थिए ।


जोयले भने आफुहरूले लगाउने औंठीको महत्त्वबारेमा व्याख्या गर्दै आफूहरूको बचाउमा भनेका छन्, ‘यो औंठी भनेको आफ्नो लागि उचित समयमा उचित व्यक्तिको पर्खाई हो । हामी चर्चमा हुर्कियौं । बुबा पादरी थिए । यस्तो परिवेशमा हुर्कने सबैका लागि उक्त औंठी लगाउनु प्राकृतिक हो । कसैलाई पाउनका लागि लगाइन्छ ।’


तर गायिका माइलीले पनि कटाक्ष गर्दै जवाफमा थपेकी छन्, ‘भर्जिन नै बस्छु भनेर वाचा खानु टिनएज अवस्थामा निकै कठिन हो । जब तपार्इं १५ वा १६ वर्षको उमेरमा हिंडै हुनुहुन्छ र कसैसँग डेटिङमा हुनुहुन्छ भने त्यो बेला मैले कस्तो वाचा खाएको छु र के गर्न गइरहेको छु भनेर केही समय सोचेर बस्ने अवस्था पनि हुँदैनथ्यो ।’

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?