In the picture, the match between Nepal and West Indies 'A'
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
After captain Rohit Paudel scored a century, Nepal defeated West Indies 'A' by 4 wickets in the first Twenty20 cricket. After Rohit scored 112 runs, Nepal scored 206 runs 2 balls before the target of 250 runs at the Trivi Cricket Ground, Kirtipur.
२७ बलमा अर्धशतक बनाएका रोहितले ४७ बलमै शतक पूरा गरेका थिए । ट्वान्टी २० मा यो उनको पहिलो शतक हो । रोहितले ५४ बल खेली १० चौका र ६ छक्का प्रहार गरे । उनी १९ औं ओभरको पाँचौं बलमा आउट भएका थिए । त्यसपछि आएका प्रतिश जिसीले पहिलो बलमै चौका प्रहार गरेपछि अन्तिम ओभरमा नेपाललाई जितका लागि ९ रन बनाउनु पर्ने समिकरण बनेको थियो । गुलशन झा र प्रतिशले पहिलो दुई बलमा १–१ रन लिएपछिको अर्को दुई बलमा गुलशनले लगातार चौका प्रहार गरे । गुलशन ४ बलमा ९ र प्रतिश २ बलमा ५ रन बनाई अविजित रहे । नेपालले यस जितपछि पाँच खेलको शृंखलमा अग्रता लिएको छ ।
ओपनर अनिल साह ९ बलमा ५ रन बनाई आउट भए । अर्का ओपनर कुशल भुर्तेलले १२ बलमा १६ रन बनाए । पछिल्ला तीन खेलमा शुन्यमा आउट भएका भुर्तेलले ३ चौका प्रहार गरे । कुशल मल्ले १५ बलमा १६ रन बनाए । समान १ चौका र छक्का प्रहार गरेका उनी रन आउट भए ।
रोहित र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटमा ३३ बलमा ६४ रनको साझेदारी गरे । दीपेन्द्रले १८ बल खेली २ चौका र १ छक्का प्रहार गरि २४ रन बनाए । विवेक यादव ६ बलमा ७ रन बनाई आउट भए । वेस्ट इन्डिज ‘ए’ ओबेड म्याकोयले ४ ओभरमा ३४ र म्याथ्यु फोर्डेले ४ ओभरमा ४९ रन खर्चेर २–२ विकेट लिए ।यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले ५ विकेट गुमाई २ सय ४ रन बनाएको थियो । पहिलो ४ ओभरमा ५० र पावर प्लेको पहिलो ६ ओभरमा ७७ रन जोडेर वेस्ट इन्डिजको टोलीले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । एलिक एथान्जेको आक्रामक र कप्तान रोस्टन चेजले इनिङ्स तानेपछि वेस्ट इन्डिज ‘ए’ ले विशाल स्कोर बनाएको हो ।
कप्तान चेजले ७४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रको बलमा आउट हुनु पूर्व उनले ४६ बल खेली ९ चौका र २ छक्का प्रहार गरे । चेज अर्धशतक बनाएपछि मात्र खुलेर खेल्न लागेका थिए । अर्धशतक बनाए लगत्तै उनले अविनाश बोहराको एकै ओभरमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।ओपनर एथान्जेले २५ बल खेली ५ चौका र ३ छक्का प्रहार गरि ४७ रन बनाए । पहिलो ओभरमै कमलसिंह ऐरीले जोहनसन चार्ल्सलाई शुन्यमा बोल्ड गरे पनि एथान्जेले आफ्नो आक्रामक इनिङ्सलाई कायमै राखेका थिए । चार्ल्सको स्थानमा आएका एन्ड्रयु फ्लेचरले दीपेन्द्रसिंह ऐरीलाई लगातार बलमा छक्का प्रहार गरे पनि अर्को ओभरमा कप्तान रोहित पौडेलको चुस्त थ्रोमा रनआउट हुन पुगे ।
एथान्जे र चेजले तेस्रो विकेटमा ४३ रनको साझेदारी गरे । चेज र किएसी कार्टीले चौथो विकेटमा ६० रनको साझेदारी गरे । कार्टीले २६ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए ।अनुभवी तीब्र गतिका बलरद्धय सोमपाल कामी र करण केसी बिनै खेलिरहेको नेपालबाट अविनाश, रोहित, दीपेन्द्र र कमलले १–१ विकेट लिए । अविनाशले ४ ओभरमा २८ रनमात्र खर्चे भने दीपेन्द्रले ३ ओभरमा ३० रन दिए । रोहितले आफ्नो एकमात्र ओभरमा १० रन दिए । कमलले ३ ओभरमा ५३ रन खर्चे । ललित राजवंशीले ४ ओभरमा ३४ रन खर्चे ।दुवै टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी २० विश्वकपको तयारीका लागि यो शृंखला खेलिरहेका छन् । शृंखलाको दोस्रो खेल आइतबार हुनेछ ।