कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकारको नीति तथा कार्यक्रमले समाजवादको आधार तय गर्छ : पौडेल

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवादको आधार भएको धारणा राखेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै सरकारको नीति तथा कार्यक्रम मुलुकमा समाजवादको आधार बनाउन उत्कृष्ट रहेको दाबी गरे । 

सरकारको नीति तथा कार्यक्रमले समाजवादको आधार तय गर्छ : पौडेल

पूर्वअर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रममा नेपाली मोडलको समाजवाद ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै यो राष्ट्रिय आकांक्षामा सबै दलहरू सहमत रहेको उल्लेख गरेका थिए । पछिल्लो समय सर्वसाधरणमा छाएको निराशा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको पनि उनले बताए ।

अलमलिएको मुलुकको विकासको प्रयासलाई सरकारको नीति तथा कार्यक्रमले गति दिने पौडेलको भनाइ थियो । ‘पछिल्लो समय सर्वसाधारणमा छाएको निराशा चिर्ने र आशा जगाउने काम नीति तथा कार्यक्रमले गरेको छ । मुलुकको विकासको प्रयास अलमलिएको थियो । अलमलिएको विकास प्रयासलाई २०७४ को निर्वाचनपछि देशले सामाजिक आर्थिक, भौतिक र मानविय विकासका क्षेत्रमा गतिका साथ अगाडि बढेको थियो । त्यस बिचमा रोकिएको थियो । त्यसले देशको विकास अलमलियो । यो नीति तथा कार्यक्रमले अलमलिएको विकासलाई ट्र्याकमा ल्याउने र विकासलाई अघि बढाउने संकल्प गरेको छ,' पौडेलले भने, 'मुलुकको अर्थतन्त्र यतिबेला मुर्छित अवस्थामा छ, सिथिल अवस्थामा छ । सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र मुलुकको सामाजिक आर्थिक अवस्थालाई समाधान गर्ने दृष्टिकोण लिएको छ ।'

नीति तथा कार्यक्रमले नेपालको भौतिक र मानवीय विकासमा ध्यान दिएको पनि पौडेलको भनाइ थियो । 'यसले समृद्धि विकास भौतिक, मानवीय विकास, समृद्धिलाई केन्द्र भागमा राखेको छ । समाजवाद मुलुकको गन्तव्य हो भन्ने कुरा नीति तथा कार्यक्रमले थम्याएको छ । समाजवादलाई हामीले समृद्ध नेपाल सुखी नेपाली भन्दै आएका छौं । नेपाली सन्दर्भको समाजवाद समृद्ध नेपाल सुखी नेपाली हो भन्ने हामी सबैको साझा मान्यता छ । यो मान्यतामा कुनै एउटा दल मात्रै होइन, सम्पूर्ण नागरिकसमेत समर्थन रहेको पाइन्छ,’ उनले भने ।

सरकारको नीति तथा कार्यक्रम विपक्षीले वेल घेरेर नारा लगाउने भन्दा पनि छलफलमा सहभागी भएर ताली बजाउनुपर्ने खालको रहेको पनि पौडेलको भनाइ थियो । आन्तरिक ऋणको प्रयोग पुँजी वृद्धि र उत्पादनमूलक काममा मात्र खर्च गर्ने नीति लिइनु राम्रो रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?