कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आठ वर्षमा ६६ हजार सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान 

काठमाडौँ — आठ वर्षमा ६६ हजार ७ सय १५ सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । ५ लाख ८० हजार ८ सय ८६ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको छ । यसको जडान भने प्रभावकारी बन्न सकेको छैन ।

आठ वर्षमा ६६ हजार सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान 

इम्बोस्ड नम्बर जडानका लागि बंगलादेश र अमेरिकाको डेकाटुर–टाइगर आईटी कम्पनीले ०७३ जेठ १९ मा ज्वइन्ट भेन्चरमा ठेक्का लिएको हो ।

सम्झौताअनुसार ५ वर्षभित्र २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गरिसक्नुपर्ने हो । ठेकेदार कम्पनीको पटक/पटक म्याद थप गरेपनि जडानको काम सकिएको छैन । ०७८ असारमा म्याद सकिएपछि ०८० मंसिर १२ सम्म म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम पूरा नभएपछि फेरि दुई वर्ष थप गरिएको छ ।

सुरु ठेक्का रकम ४ अर्ब १६ करोड ७९ लाख ५० हजार (मूल्य अभिवृद्धि करबाहेक) रुपैया“ रहेकामा पछि म्याद थपसँगै २२.५० प्रतिशतले रकम बढाइएको छ । अहिले मुलुकको ६ स्थानबाट सवारी साधनमा इम्बोस्ड नम्बर जडानको व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म उत्पादित १ लाख १५ हजार ७ सय ८६ थान इम्बोस्ड नम्बर प्लेटमध्ये ९ हजार ९ सय ९१ सवारीमा जडान गरिएको छ । त्यस्तै ०८० असारसम्म ३६ वटा यातायात व्यवस्था र यातायात सेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागु भएकोमा अहिले कार्यालय थप गरी ३९ वटा बनाएर यो सेवा उपलब्ध गराइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?