१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दैनिक ४ सय लिटर दूध उत्पादन गर्दै जिरी पशु विकास फार्म 

टीका भट्ट

जिरी — देशको एक मात्र गाई अनुवांशिक केन्द्रका रूपमा रहेको जिरी पशु विकास फार्मले दैनिक औसतमा ४ सय लिटर दूध उत्पादन गर्दै आएको छ । फार्ममा अहिले साना–ठूला सबै गरी करिब १ सय ५३ वटा गाई (बाच्छाबाच्छी र साँढेसमेत) छन् । 

दैनिक ४ सय लिटर दूध उत्पादन गर्दै जिरी पशु विकास फार्म 

फार्मले हरेक वर्ष बूढा गाई र बहर भने समूह बनाएर लिलाम गर्दै संख्या घटाउँछ । केन्द्रकी नायब पशु प्राविधिक धनमाया मगरका अनुसार फार्ममा अहिले ५३ वटा दुहुना गाई रहेको बताइन् । उनले मैना र उजेली सबैभन्दा दुधालु गाई भएको बताउँदै तीन बेत ब्याएका यी गाईले दैनिक सरदर २२ लिटर दूध दिने गरेको बताइन् ।

२०१४ सालमा स्विजरल्यान्डको सहयोगमा स्थापित यस फार्ममा सुरुवातमा युरोपमा नाम कमाएका ठूला र दुधालु ब्राउन स्विस जातका गाई पालिएका थिए । तर किर्नाले ज्यादै दुःख दिने र स्याहार पुर्‍याउन नसकिने भएकाले ती गाईलाई फार्मबाट हटाइयो ।

पशु विकास अधिकृत टंक श्रेष्ठका अनुसार फ्याट कम हुने र बजारमा धेरै दूध पनि नबिक्ने भएपछि ती गाई हटाइएको हो । उनले अहिले फार्ममा जर्सी र होलिस्टाइन गाई मात्रै रहेको बताए । केही महिनाअघि मात्र कोरिया सरकारले जेट चढाएर पठाएका बाच्छीमध्ये ४ वटा फार्ममा छन् । पशु विकास अधिकृत गण जिरेलले तीमध्ये २ वटा ब्याउने भएको बताए ।

राजतन्त्रको समाप्तिसँगै २०६५ सालमा नारायणहिटी दरबारबाट जर्सी र होलस्टाइन झन्डै सय गाई यही फार्ममा पाल्न पठाइएको थियो । जिरेलले ति गाई सबैजसो बूढा भएकाले लिलामी गरिसकिएको र तिनका सन्तान अहिले पनि फार्ममा रहेको बताए ।

स्वर्गीय राजा वीरेन्द्रले राजदरबारको गौशालामा ती गाई पालेका थिए । राजतन्त्रको अन्त्यपछि ती गाई जिरी पठाइएको थियो । केन्द्रका तत्कालीन पशु विकास अधिकृत श्रेष्ठले त्यतिबेला गाई, बाच्छाबाच्छी पाँच खेप गरेर जिरी ल्याइएको थियो । गाई हस्तान्तरण गर्दाखेरी राजदरबारका ११ जना गोठाला पनि जिरी फार्ममा पदस्थापन हने व्यवस्था गरिएपछि ती कुनै पनि गोठाला फार्ममा नआएको श्रेष्ठले बताए ।

श्रेष्ठले दरबारमा पालिएका गाईका नामबारे राम्रै सम्झना छ । नहोस् पनि किन, ती गाईका नाम अप्सराका जस्ता थिए । जस्तो कि,उर्वसी, तिलोत्तमा, रम्बा आदि । क किनकि बूढो हुँदै गएपछि दूध उत्पादन घट्ने भएकाले केन्द्रमा पालिएका गाई ६/७ बेत ब्याएपछि लिलाम सुरु गरियो ।

प्रकाशित : मंसिर १, २०८० १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?