५ अर्ब ३६ करोडको तरकारी आयात हुँदा २७ करोडको मात्रै निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको साउन र भदौमा ५ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ बराबरको तरकारी, जरा र गानाहरु आयात भएको छ । सोही अवधिमा २७ करोड ५४ लाख २२ हजार रुपैयाँ बराबरको तरकारी निर्यात भएको भन्सार विभागले जनाएकाे छ। तरकारी आयातबाट ९३ करोड २८ लाख २६ हजार रुपैयाँ राजस्व उठेकाे छ ।

५ अर्ब ३६ करोडको तरकारी आयात हुँदा २७ करोडको मात्रै निर्यात

तरकारीमध्ये सबैभन्दा बढी आलु आयात भएको विभागको तथ्यांकले देखाउँछ । दुई महिनामा १ अर्ब ३३ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको ५ करोड ३१ लाख ४ हजार ९४ किलो आलु आयात भएको छ । त्यसपछि ९५ करोड ७३ लाख ३७ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । धेरै आयात हुनेमा सुकेकाे सिमी तथा बाेडी पनि पर्छ । दुई महिनामा ६७ कराेड २१ लाख ६६ हजार रुपैयाँ बराबरकाे ६१ लाख ३२ हजार २३६ किलाे सुकेकाे सिमी तथा बाेडी आयात भएकाे हाे ।

नेपालबाट भने साउन र भदाैमा सबैभन्दा बढी ११ कराेड ६३ हजार रुपैयाँ बराबरकाे ७१ लाख १ हजार ९१५ किलाे सेताे र राताे बन्दा निर्यात भएकाे छ । त्यसपछि १० कराेड ७ लाख २६ हजार रुपैयाँ बराबरकाे राताे दाल निर्यात भएकाे छ । दुई महिनामा ९३ लाख ६६ हजार रुपैयाँ बराबरकाे ६ लाख ७५ हजार ९२० किलाे गाेलभेडा निर्यात भएकाे विभागले जनाएकाे छ ।

प्रकाशित : आश्विन ७, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x