हरेक वर्षझैं यो वर्ष पनि जनवरी महिनाको २९ तारिख कुष्ठरोग सचेतनाका लागि 'आजै जागौं, कुष्ठरोग निवारण गरौं' भन्ने नाराका साथ मनाइँदै छ । कुष्ठरोग अन्त्य गर्ने ध्येयले यो वर्ष मूलत: कुष्ठ रोगलाई निर्मुल गर्न सम्भव छ, केही गरौं, आजैदेखि जुटौं र पहुँच नपुगेकाहरुसम्म स्वास्थ्यकर्मीको पहुँच पुर्याउँ भन्ने उद्देश्य राखिएको छ ।
चिसो हावामा आर्द्रता र ओस अर्थात् ‘मोइस्चर’ कम हुन्छ । लामो समय हिटर वा आगोछेउ बस्दा छालाका कोषिकामा पानीको मात्रा कम भई विभिन्न समस्या देखिने गर्छन् ।
इलामकी ५२ वर्षीया महिला निजामति कर्मचारी अस्पतालमा कपाल झर्ने समस्या लिएर आइन् । दुई महिना अघि डेंगी संक्रमण भएको उनलाई कपाल झर्न थालेको २ हप्ता भएको रहेछ । त्यसबाहेक उनलाई तौल कम हुने र थकाइ लाग्ने समस्या पनि देखिएको थियो । उनी कपाल झरेर तालुपना होला भनेर चिन्ताले निद्रा नलाग्ने समस्याबाटसमेत पीडित थिइन् ।उनी अहिले चिकित्सकीय परामर्शपछि औषधि सेवन गरिरहेकी छिन् र उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।
नेपालमा तिहार निकै हर्षोल्लासका साथ मनाइने चाडहरूमध्येमा पर्छ । तिहार भनेको फूल, दियो बत्ती, देउसी-भैलो र सेल रोटीको पर्व पनि हो । तिहारमा आगो बाल्ने, पटका पट्काउने, झिलिमिली बत्ती बाल्ने र सेल रोटी पकाउने क्रममा आगोले वा तातो तेलले पोलेर धेरै दुर्घटनाहरू पनि हुने गरेका छन् । यसैले पनि चाड मनाउँदा हामी निकै सजग हुनु आवश्यक छ ।
हालै अस्वाभाविक रुपमा देशभर देखिएको डेंगी रोगले प्रकोपको रुप लिएको छ ।‘एडिस इजेप्टी’ नामक लामखुट्टेको टोकाइबाट हुने डेंगी भाइरसको संक्रमण बर्सेनि रुपमा देखिन्छ ।
सनस्क्रिन भनेको घामबाट बच्नको लागि प्रयोग गरिने क्रिम हो । घाममा विभिन्न हानिकारक विकरणहरु हुन्छन् । जस्तै ‘अल्ट्राभोइलेट ए’(युभिए), युभिबि आदि । युभिएले छालालाई कालो बनाउन सक्छ । जस्तै चर्को घाममा स्वीमिङ गर्दा छाला डढ्न सक्छ । यी विकीरणहरुले फोटो एजिङ गराउँछन् जसले अनुहारमा चाउरीपना आउने, कालो दाग बस्ने, छालालाई आफ्नो उमेरभन्दा वृद्ध उमेरको देखाउँछ ।
जुन महिनालाई सेतो दुबी सचेतना महिनाका रुपमा विशेषत: अमेरिकी प्रान्तमा मनाइए पनि विश्वभर नै सेतो दुबीको सचेतना जगाउन आवश्यक छ । विश्वको करिब एक प्रतिशत जनसंख्यालाई भएको यो रोगमा छालालाई कालो वा खैरो रंग प्रधान गर्ने मेलनओसाईट नामक कोषिकामा वंशाणुगत र वातावरणका कारणले असर गर्ने गरेको पाइएको छ ।
विश्वका १२ युरोपेली देशमा ९२ जनामा पुष्टि भइसकेको मंकीपक्स रोग चासोको विषय बनेको छ । कोभिडले आक्रन्त पारेको विश्वलाई मंकीपक्स फेरि एक चुनौती बन्ने हो कि भन्ने डर हामी सबैमा रहेको छ।
कपाल हाम्रो अनुहार, व्यक्तित्व र आवरणका लागि महत्त्वपूर्ण छ । तर विश्वभर नै पुरुषहरुमा हुने तालुपना एउटा ठूलो समस्याका रुपमा रहेको देखिन्छ । यसबाट महिलाहरु पनि प्रभावित छन् । यद्यपि उनीहरुको संख्या पुरुषको तुलनामा केही कम छ । अत्याधुनिक प्रविधिको विकास भएसँगै अब धेरै हदसम्म तालुपनाबाट छुट्कारा प्राप्त गर्न सकिन्छ । विशेष गरेर जो मानिस तालुपनाले गर्दा आफ्नो स्वरुपको बारे चिन्तित छन् र मानसिक तनाव झेलिरहेका छन् उनीहरुलाई कपाल प्रत्यारोपण विकल्प बनिरहेको छ ।
पीआरपी (प्लेट्लेट्स रिच प्लाज्मा) इन्जेक्सन विधि मानिसको आफ्नै रगत निकाली त्यसलाई औषधिको रुपमा प्रयोग गरिने विधि हो । यसको विभिन्न प्रयोगहरू चिकित्साविज्ञानमा हुँदै आएको वर्षौं भइसकेको छ । साथै, कपाल उमार्नका लागि यसको प्रयोग पनि केही समययता निकै प्रचलित हुँदै आएको छ ।