राईको म्युजिक भिडियो सार्वजनिक 

कान्तिपुर संवाददाता

काठमाडौँ — गायक चित्र राई 'आठपरिया' को नयाँ गित सार्वजनिक भएको छ । उनको 'पानी बिना धारामा गाग्री भरिन्न यहाँ' सार्वजनिक गरिएको हो ।

गितकार मिना श्रेष्ठ 'सबि' को रचना रहेको गितको म्युजिक भिडियोमा अमृत ठकुरी, संगिता लामा र जोन राईले अभिनय गरेका छन् ।

भिडियो निर्देशन जोनले नै गरेका हुन् । सन्चु ठोकरले छायांकन गरेको यो म्युजिक भिडियोबाट गायक राईले प्रतिक्रिया आइरहेको बताएका छन् ।

प्रकाशित : कार्तिक ९, २०७६ १२:५९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चितुवाको छालासहित २ पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले मुसीकोट नगरपालिका–७ वैरीदहबाट दुई युवालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।

शुक्रबार रुकुम पूर्वबाट मध्यपहाडी लोकमार्ग भएर खलंगातर्फ आइरहेका पुथाउत्तरगंगा गाउँपालिका–१४ का अर्जुन बुढा भनिने छाया विक र दाङको घोराही उपमहानगरपालिका–१२ का १९ वर्षीय गणेश नेपालीलाई चितुवाको छालासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ९, २०७६ १२:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT