कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चण्डेश्वरी मन्दिर परिसरमा सिद्धार्थ बैंकले गर्‍यो वृक्षारोपण

काठमाडौँ — सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकास्थित भूतखेलपार्क र चण्डेश्वरी मन्दिर परिसरमा विभिन्न जातका फलफूलका बिरुवाहरु रोपेको छ ।

चण्डेश्वरी मन्दिर परिसरमा सिद्धार्थ बैंकले गर्‍यो वृक्षारोपण

बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्‍याउने उद्देश्यले चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।


गत शनिबार भएको वृक्षारोपणपछि १ वर्षसम्म बोट बिरुवाहरुको संरक्षण चण्डेश्वरी युवा क्लब र ईन्द्रायणी सामुदायिक वन उपभोक्ता समुहको सहकार्यमा गरिने बैंकले जनाएको छ ।


उक्त कार्यक्रममा बैंकले चण्डेश्वरी मन्दिर परिसरमा ५० वटा र भूतखेल पार्क परिसरमा ५० वटा गरी जम्मा १०० वटा फलफूलका बिरुवाहरु रोपेको हो । त्यसैगरी बैंकले महाराजगंज लाजिम्पाट सडक छेउछाउमा पनि ७५ वटा बिरुवाहरु रोपेको छ ।


प्रकाशित : भाद्र १०, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?