अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ मा
काठमाडौँ — यस वर्षको अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ गते हुने भएको छ । अल्फबिटाका बुद्ध नगरस्थित कार्यालयमा हुने उक्त मेलामा अस्ट्रेलियका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागी हुनेछ ।
नेपालका लागि अस्ट्रेलियाका राजदूतले उद्घाटन गर्ने मेलामा एकै छानामुनि अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने अल्फाबिटाका अध्यक्ष द्धिराज शर्माको भनाई छ ।
मेलामा सहभागी हुने विद्यार्थीहरूलाई थुप्रै सुविधा र उपहारहरु दिइने आयोजकले जनाएको छ । मेला विभिन्न स्टल तथा शैक्षिक कर्जाको बारेमा समेत जानकारी दिइनेछ ।
आईईएलटीएस सुरु नगरेका विद्यार्थीका लागि मेलामै क्लास के कसरी लिने, कसरी परीक्षा दिने भन्ने कुरा जानकारी समेत दिइनेछ । मेलामा विद्यार्थीहरूलाई सम्पूर्ण परामर्श दिइने आयोजकले जनाएको छ । मेलामा बैंकदेखि युनिभर्सिटीसँगको कुराबाहेक हवाई भाडादर बुझ्न सकिन्छ ।
प्रकाशित : श्रावण २, २०७६ १६:२४