कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल-जापान लायन्समा केसी

काठमाडौँ — नेपाल–जापान फ्रेन्डसीप लायन्स क्लबको तेस्रो अधिवेशनले ज्योति केसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नेपाल-जापान लायन्समा केसी

क्लबको प्रथम उपाध्यक्षमा दलिन जोशी, द्वितिय उपाध्यक्ष शंकर केसी, सचिवमा सुर्यबहादुर कुँवर, सहसचिव सुनील श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश लामिछाने, सह कोषाध्यक्षमा ध्रुव गैरे निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष केसीले नेपाली युवाहरु जापान आउँदा भोग्ने गरेका समस्या तथा समाधानका लागि क्लबले विभिन्न प्रयास गरिरहेको बताए ।

नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबले जापानमा बसेर विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरुको एक आपसमा भेटघाट गराउने, प्रवासमा रहँदा आइपरेका समस्यालाई सहज तवरबाट समाधान गर्ने, मानव स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायत काम गरिरहेको केसीले बताए ।

प्रकाशित : असार १९, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?