कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

त्रिभुवन आदर्शमा अध्ययनरत सुशान्तले ल्याए ४ जीपीए

स्याङ्जा — जिल्ला सदरमुकाम स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययरनत सुशान्त मरासिनीले ४ जीपीए प्राप्त गरेका छन् ।

त्रिभुवन आदर्शमा अध्ययनरत सुशान्तले ल्याए ४ जीपीए

४ जीपीए ल्याउनेमा मरासिनी जिल्लाकै एक्लो रहेको विद्यालयका गणित शिक्षक शिव ढकालले बताए । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका हुन् । विद्यालयका अनुसार २०८० मा १ सय ४३ जनाले एसईई परीक्षा दिएका थिए । तीमध्ये १९ जनाले ३.६६ अंक प्राप्त गरेका छन् ।

‘१९ जनाकै नतिजा उत्कृष्ट हो’ शिक्षक ढकालले भने, ‘कक्षाको फस्ट बोईले ३.९ अंक ल्यायो । बोर्डमा सेकेन्ड बोईले टप्यो ।’ उनले सरकारी विद्यालयमा ४ जीपीए अंक ल्याउनुमा खुशी व्यक्त गरे ।

स्याङ्जामा निजी तथा सरकारी अन्य विद्यालयमा ४ जीपीए ल्याउने विद्यार्थी छैनन् । सुशान्त पुतलीबजार–३ साउथरका बासिन्दा हुन् । कक्षा ५ उत्तीर्ण गरेपछि उनी ६ कक्षा भर्ना गर्न त्रिआ माविमा आएका थिए ।

प्रकाशित : असार १३, २०८१ १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×