कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

मनाङमा ७ जनामात्रै एसईई उत्तीर्ण

आश गुरुङ

लमजुङ — गत चैतमा एसईई दिएका विद्यार्थीमध्ये हिमाली जिल्ला मनाङमा ७ जनामात्रै उत्तीर्ण भएका छन् । ३९ जनाले परीक्षा दिएकोमा ३२ जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मनाङका प्रमुख सुदीप गिरीले जानकारी दिए । उनका अनुसार ७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट एसईई दिएका जयराम थापाले सबैभन्दा बढी ३.३९ जीपीए ल्याएका छन् । 

मनाङमा ७ जनामात्रै एसईई उत्तीर्ण

लोकप्रियबाट १७ जनाले एसईई दिएकोमा थापासहित ४ जना उत्तीर्ण भएका छन् । लोकप्रिय खुलाबाट ३ जनाले एसईई दिएकामा ३ जना नै अनुत्तीर्ण भएका छन् ।

तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट १९ जनाले एसईई दिएकामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । माथिल्लो मनाङस्थित अन्नपूर्ण माविबाट १ जनाले एसईई दिएकोमा १ जना पनि अनुत्तीर्ण भएको इकाई प्रमुख गिरीले बताए ।

तल्लो मनाङको तालस्थित भानु मावि भने २ वर्षअघि बाढीले डुबानमा परेपछि विद्यार्थी संख्या कम हुँदै गएको र कक्षा १० मा विद्यार्थी नभएपछि भानु मावि एसईइमा सहभागी भएनन् ।

प्रकाशित : असार १३, २०८१ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×