कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब टुबोर्ग ओपन सेसन्स २

कान्तिपुर संवाददाता

काठमाडौँ — टुबोर्ग र च्यानल आरबिटरीले फेरि टुबोर्ग ओपन सेसन्स्को सिजन २ ल्याउने भएको छ । युट्युब सिरिजका रुपमा सञ्चालित ओपन सेसन्स्मा विभिन्न प्रसिद्घ कलाकारहरूको स्टुडियोमा प्रत्यक्ष रेकर्ड प्रस्तुति दिइन्छ ।

अब टुबोर्ग ओपन सेसन्स २

उक्त डिजिटल प्ल्याटफर्मले कलाकारहरूको रचनात्मकता र सांगीतिक सहकार्यमार्फत् पुराना र हालका लोकप्रिय गीतहरूको बढवामा मद्दत गर्छ ।


संगीत र गायकहरूको चयनका आधारमा सिजन २ पहिलो भन्दा थप विशाल हुने आयोजकले जनाएको छ । दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोजकुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै, अक्टोबरदेखि रिलिज हुने सबै २६ वटा गीतहरूमा सँगै सहकार्य गर्ने छन् । तीमध्ये २० वटा गीतहरूमा प्रचलित कलाकारहरूले काम गर्ने छन् ।


५ वटामा टुबोर्ग ड्रिम बिग प्रोजेक्टका विजेताहरूले काम गर्ने छन् भने एक मुख्य गीतमा विभिन्न कलाकारहरूले सांगीतिक सहकार्य गर्ने छन् । नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत सांगीतिक आधारहरूलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको बताइएको छ ।


सिजन २ मा पनि स्वप्न सुमन, रोहित जोन क्षेत्री, उदय सोताङ र दी एलिमेन्टस् ब्यान्डले निरन्तरता दिने छन् भने थप १५ कलाकारहरूले यस सिजनमा पहिलो पटक टुबोर्ग ओपनको मञ्चमा प्रस्तुति दिँदै छन् ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?