२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

रेखा थापा भन्छिन्, 'खराब नियत सबै ठाउँमा छ'

पत्रकार खड्काको 'नियत' सार्वजनिक
रीना मोक्तान

काठमाडौँ — अभिनेत्री रेखा थापाले आफ्नो फिल्म यात्रा निकै सुरक्षित व्यक्तिहरुबाट सुरु भएपनि खराब नियत हरेक ठाउँमा हुने गरेको बताएकी छन् । पत्रकार डीबी खड्काद्वारा लिखित पुस्तक 'नियत' विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

रेखा थापा भन्छिन्, 'खराब नियत सबै ठाउँमा छ'

उनले भनिन्,'चलचित्र क्षेत्रमा मात्र नभइ राजनीतिक क्षेत्रमा पनि महिला राजनीतिज्ञलाई गाह्रो अवस्था छ । नियत डबल स्ट्यान्डर्ड छ । मेरो प्रश्न समाजलाई छ, तपाईँहरु जुन नियतले कलाकारलाई हेर्नुहुन्छ, आफ्नो छोरी चेलीलाई त हेर्नुहुन्न ? '

उनले नेपाली फिल्म क्षेत्रका कलाकार खुलेर नआएकाले मिटू अभियानको प्रभाव नेपालममा खासै नपरेकाले बहस हुन नपाएको बताइन् । अभिनेत्रीलाई छोटो पहिरनमा देख्न रुचाउने समाजले आफ्ना छोरीलाई हिरोइन बन्न दिने अहिलेसम्म अवस्था नै नरेहेको अभिनेत्री थापाको भनाइ थियो ।

पुस्तकको चर्चा गर्दै रेखाले भनिन्,'महिला पात्रमाथि मात्र केन्द्रित हुँदा पुस्तक पूर्वाग्रह देखिएको छ । चलचित्र बनाउने त महिला पात्र पनि छन् । मैले आफै पनि कयौं हिरो जन्माएको छु । महिला यौनका कारण शोषित होलिन् तर एउटा पुरुष आगन्तुक कलाकार आर्थिक शोषणमा पनि पर्‍यो होला । यहाँ महिला मात्र पीडित छैनन् पुरुष पनि पीडित छन्।' उनले आगामी दिनमा पुरुष कलाकारको दर्दनाक कथा पनि पढ्ने रहर लागेको बताइन् ।


महिला कलाकार, गायिकामाथि हेर्ने 'नियत'हरुको विषयका विभिन्न घट्नाहरु समावेश भएको उक्त पुस्तकमा वास्तविक पात्र थप पीडित हुने भएकाले पहिचान नखुलाइएको लेखक खड्काले बताए ।


अभिनेत्री स्वस्तिमा खड्काले पुस्तक आफ्नो जीवनकै दोस्रो पुस्तक रहेको बताइन् । उनले पुस्तकभित्रको छैटौं कथा आफ्नै जीवनसँग मिलेको बताइन् । 'मैले अलि सिरियस अनि प्रोफेसनल व्यक्तिसँग काम गर्ने मौका पाएँ । यस किताबका पात्रहरुले भोगेको नियत मैले देख्नुपरेन । तर संघर्षको दिनमा सामाजिक सञ्जालमा कतिजनाले नचाहिने मेसेज गर्थे,' उनले आफूमाथि अरुले राखेको खराब नियतको उत्खनन् गरिन् 'तर, म ब्लक गरिहाल्थें । भिडियो गराइदिएँ भने तिमीले यस्तो गर्नुपर्छ भन्नेहरु थिए ।'


कति फ्यानले भने तस्बिर खिच्ने बहानामा शारीरिक दुर्व्यवहार गर्न खोजेको सुनाइन । उनले त्यस्तो अवस्थामा त्यस्ता फ्यानबाट टाँढै रहने गरेको बताइन् ।


त्यस्तै, अभिनेत्री लक्ष्मी बर्देवाले खराब नियत राख्नेको संख्या यो क्षेत्रमा कमै रहेको बताइन् ।

प्रकाशित : पुस २८, २०७६ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?