सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य साधना' सम्मान

सुर्खेत — कर्णाली साहित्य समाजले शताब्दी पुरुष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य साधना सम्मान’ बाट सम्मान गर्ने भएको छ ।

सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य साधना' सम्मान

समाजले बिहीबार पत्रकार सम्मेलन गरी चैत ११ गते वीरेन्द्रनगरमा उक्त सम्मान गर्ने जानकारी गराएको हो ।

समाजका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले लोककलाकार प्रेमदेव गिरीलाई २५ हजार रुपैयाँ राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ बाट र ५० हजार रुपैयाँ राशीको २०७६ सालको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ बाट कथाकृति ‘मोहपथ’ लाई सम्मान गर्ने जानकारी दिए । उक्त कथाका लेखक ललित विष्ट हुन् ।


प्रकाशित : चैत्र ५, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?