कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

संगीत यात्रामा “कन्दरा”

काठमाडौँ — तीन दशकदेखि नेपाली संगीतमा फरकपनसहित क्रियाशील पोखरेली सांगीतिक समूह ‘कन्दरा’ का गायक विवेक श्रेष्ठ अन्तर्राष्ट्रिय कर्न्सट यात्रा क्रममा छन् । उनले अस्ट्रेलियामा एकल प्रस्तुति दिन लागेका हुन् । 

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार विवेकले आफ्नो सांगीतिक जीवनमा आफूलाई प्रभाव पारेका र सवा सय वर्ष लामो नेपाली संगीतको कालखण्डमा नेपाली संगीतमा योगदान दिएका स्रष्टाका गरी करिब २ दर्जन गीत प्रस्तुत गर्नेछन् । उनैले परिकल्पना गरेको कार्यक्रमको नाम दिइएको छ– इयुफोनिक : क्लोज टु माइ हार्ट ।


‘नेपाली संगीतप्रति प्रवासी नेपालीमाझ अथाह माया, सद्भाव र लगाव पाइन्छ,’ उनले नेपालमा भइरहेका संगीत रियालिटी सोहरूलाई प्रवर्द्धनमा समेत प्रवासीहरूको ठूलो भूमिका रहेको बताउँदै भने, ‘त्यत्तिकै स्तरका कार्यक्रम विदेशमा पनि नेपालीमाझ हुनुपर्छ । त्यहीअनुरूप यो कार्यक्रमको परिकल्पना गरेको हुँ ।’


पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ गीतकार एवं चलचित्रकर्मी यादव खरेलले ‘पुराना स्रष्टाका सृजना र चर्चा हराउँदै गएको बेला विवेकले अर्थपूर्ण कार्यक्रम गर्न खोजेको’ दाबी गरे । संगीतकार एवं गीतारवादक अनिल शाहीले ‘विवेकको प्रयासले संसारभर हुने कन्सर्टमा स्तरीयता ल्याउनमा सघाउने’ दाबी गरे । विस्ले कन्फ्रेन्स एन्ड थिएटर सिड्नीमा फेब्रुअरी १५ तारिख र मेलबर्नमा २२ तारिखका दिन प्रस्तुति हुने पत्रकार सम्मेलनमा जनाइयो ।


सिड्नीमा सोलाङचर, गुठी अस्ट्रेलिया र पोखरेली समाजले कार्यक्रम गर्नेछन् भने मेलबर्नमा सोलाङचर एक्लैले । कार्यक्रममा विगत दुई दशकदेखि नेपाली कालजयी गीत–संगीत र स्रष्टामा समर्पित रही संगीतको खोज–अनुसन्धानमा लागिरहेका रेडियोकर्मी एवं गीतकार भूपेन्द्र खड्काले सहजकर्ताको भूमिका गर्ने बताइएको छ ।


प्रकाशित : पुस २९, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?